08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालले यू–१९ क्रिकेट विश्वकप आयोजना गर्ने




नेपालले यू–१९ क्रिकेट विश्वकप आयोजना गर्ने

काठमाडौं, २७ कात्तिक । नेपाल पहिलो पटक आईसीसी यू-१९ महिला विश्वकप आयोजना गर्न पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप नेपालले आयोजना गर्ने निर्णय गरेको हो। यो प्रतियोगिता नेपालसँगै बाङ्लादेशले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी बोर्डको आइतबार बसेको बैठकले निर्णय गरेको छ।

आईसीसी बोर्डको बैठकले सन् २०२४ देखि २०२७ सम्म हुने विभिन्न प्रतियोगिताको आयोजकको राष्ट्र घोषणा गरेको हो। जसमा नेपालले पनि बाङ्लादेशसँगै २०२७ को यू-१९ विश्वकप आयोजना गर्ने मौका पाएको हो।

त्यस्तै, सन् २०२५ को यू-१९ महिला विश्वकप भने मलेसिया र थाइल्यान्डले संयुक्त रुपमा आयोजना गर्नेछन्।

यसैगरी, सन् २०२४ को यू-१९ पुरुष विश्वकप आयोजनाको जिम्मा श्रीलंकाले पाएको छ। त्यसपछि सन् २०२६ को यू-१९ पुरुष विश्वकप भने जिम्बाबे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्न पाउने भएका छन्।

यससँगै आईसीसी बोर्ड बैठकले सन् २०२७ को पुरुष विश्वकपमा १४ टोली सहभागी हुने तय गरेको छ। जसमध्ये चार टोली अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताबाट तय हुनेछन्। बाँकी १० टोलीमध्ये दक्षिण अफ्रिका र जिम्बाबे आयोजकका रुपमा र आठ टोली एकदिवसीय वरियताका आधारमा तय हुनेछन्।

त्यस्तै, सन् २०२४ को महिला टी-२० विश्वकपमा १० टोली प्रतिस्पर्धा गर्नेछन्।
 



Related News


यसमा तपाइको मत


Comments