06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुईको मृत्यु




पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुईको मृत्यु

एजेन्सी । पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ। युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने प्रेजवाडोमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
रूसले प्रहार गरेको क्षेप्यास्त्र खसेको आशंका भए पनि त्यसबारे पुष्टि हुन सकेको छैन। घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ।  अमेरिकासहित उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)  सम्बद्ध अन्य राष्ट्रले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

किएभमा हमलाका लागि रूसले मंगलबार ठूलै क्षेप्यास्त्र प्रयोग गरेको थियो। पोल्याण्डका राष्ट्रपति आन्ट्रे डुडाले कसको मिसाइल खसेको भन्ने निष्कर्षमा अझै नपुगेको बताए। आफ्नो सदस्य राष्ट्र पोल्याण्डमा क्षेप्यास्त्र खसेको विषयमा गम्भीर ध्यानाकर्षण भएको नेटोको भनाइ छ।



Related News


यसमा तपाइको मत


Comments