14 Baishak, 2081 / 26 April , 2024
काठमाडौं, ५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्ड र इरानको हुने छ । आज नै हुने समूह ‘ए’ को खेल सनेगल र नेदरल्यान्ड् बीच हुँदै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
समूह ‘बी’ अन्तर्गतको अर्को खेल अमेरिका र वेल्सबीच हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । हिजोको खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।