07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लमजुङमा पृथ्वीसुब्बा गुरूङ विजयी




लमजुङमा पृथ्वीसुब्बा गुरूङ विजयी

काठमाडौं, ८ मंसिर ।  लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचत भएका हुन् । 
निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन् । प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४ सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १ सय ४८ मत प्राप्त गरेका छन् ।

आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले ६० मत, नेपाली कांग्रेस (बीपी) का लक्ष्मीकान्त पौडेलले ४९ मत, राप्रपा नेपालका टकबहादुर गुरुङले ३३ मत, स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३१ मत र नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले २० मत ल्याएका छन् ।
प्रदेशसभा लमजुङ १ मा नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् । उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले १ हजार १ सय ६१ मतले पराजित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचित गुरुङले १८ हजार ५ सय ४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी घलेले १७ हजार ३ सय ४३ मत पाएका छन् । निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।
यसपटकको चुनावमा राप्रपाकी अप्सरा शाहले १ हजार १८ मत पाएकी छन् । मंगोल नेश्नल अर्गनाइजेशनका बृखबहादुर तामाङले ४ सय ५६ र जसपाका सरस्वति गुरुङले १ सय १५ मत पाएका छन् ।
कुल ३८ हजार ३ सय ८४ मत खसेकोमा ९ सय ४८ मत बदर भएको छ । यो क्षेत्रमा दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिका साथै राइनास नगरपालिका पर्छ ।
यस्तै  लमजुङ प्रदेश (२) मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले ५ वर्षका लागि प्रदेशसभाको यात्रा तय गरेका हुन् ।
क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट ४१ हजार ८ सय ५७ मत खसेकोमा पौडेलले १९ हजार ५ सय ५७ मत पाएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए । प्रतिद्वन्द्वी अधिकारीले १८ हजार ८ सय ३ मत पाए ।
राप्रपा उम्मेदवार ततबहादुर गुरुङले १ हजार ९ सय ५७ मत पाएका छन् । मंगोल नेश्नल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४ मत पाएका छन् । जसपाका युवराज दुराले २ सय ४१ मत पाएका छन् । नेपाली कांग्रेस बीपीका नवराज बसौलाले १ सय ४५ मत पाएका छन् ।



Related News


यसमा तपाइको मत


Comments