14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, ८ मंसिर । मलेसियास्थित नेपाली राजदूतावासले क्लालालम्पुरमा रहेको एउटा मात्रै एयरपोर्ट प्रयोग गर्न आग्रह गरेको छ । क्वालालम्पुर ट्रान्जिट हुने नेपालीलाई एक मात्र एयरपोर्ट प्रयोग गर्न आग्रह गरेको हो । क्वालालम्पुरमा क्वालालम्पुर इन्टरनेशल एयरपोर्ट र क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट–२ गरी दुईवटा छन् । ती दुवै एयरपोर्ट एक आपसमा जोडिएका छन् । यिनीहरू बीचको दुरी लगभग ५ मिनेटको फरक छ ।
दुईवटै एयरपोर्ट नजिकै हुँदा ट्रान्जिट भएर अस्ट्रेलिया, जापान लगायतका मुलुक जाने नेपालीहरू झुक्किन्छन् । र समस्या पर्ने गरेका छन् । भोलि समस्या नहोस् भनेर दूतावासले एउटा मात्र दूतावास प्रयोग गर्न आग्रह गरेको हो । एउटा एयरपोर्टबाट अर्को एयरपोर्ट आउन÷जान मलेसियन अध्यागमन पार गर्नुपर्ने भएकाले त्यसका लागि भिसा आवश्यक पर्छ । त्यो भिसा हवाई यात्रा गर्नु अगाडि नै लिइसक्नुपर्ने हुन्छ ।