13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यी पाँच पूर्वश्रममन्त्री, जसले जिते निर्वाचन




यी पाँच पूर्वश्रममन्त्री, जसले जिते निर्वाचन

काठमाडौं, ९ मंसिर । पूर्व श्रममन्त्री शेरबहादुर कुँवरसहित २०६२/०६३ पछि श्रम मन्त्रालयको नेतृत्व सम्हालेका पाँच पूर्वश्रममन्त्रीहरू प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् । 

सबै श्रममन्त्रीहरूले वैदेशिक रोजगारी, फ्रि भिसा–फ्रि टिकट, रोजगारदाता देशसँग श्रम सम्झौता, नयाँ रोजगार गन्तवव्य देश खोज्ने, विकासित देशको रोजगारी र रेमिट्यान्सलाई चुनावी एजेण्डा बनाएका थिए । उनीहरू पाँचै जना श्रममन्त्रीहरू रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर चुनावमा होमिएका थिए । 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका श्रममन्त्री शेरबहादुर कुँवर अछाम क्षेत्र– १ बाट एमालेका उम्मेदवार झपट बोहरालाई ४ हजार ४ सयभन्दा बढी मतले पराजित गर्दै विजयी भएका छन् । उनी १९ हजार ५ सय ३४ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत ल्याए । मन्त्री कुँवर पहिलोपटक सांसद बनेका हुन् । 

पूर्वश्रममन्त्री एवं एमाले सचिव गोकर्ण विष्ट गुल्मी– २ बाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई २ हजारभन्दा बढी मतान्तरले हराएर विजयी भए । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन् । २०७४ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा उनी २१ महिना श्रममन्त्री भएका थिए । 

नेकपा एकीकृत समाजवादीका नेता पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ बारा– ४ बाट निर्वाचित भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई हराउँदै संसद्को बाटो तय गरेका छन् । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याउँदा मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । 
पूर्वश्रममन्त्री रमेश लेखक सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ बाट निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री लेखकले ३० हजार ५२३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत पाइन् ।

पूर्वश्रममन्त्री लेखकले २०६४ मा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पूर्वश्रमराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ मनाङबाट निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै तेस्रोपटक सांसद बनेका छन् । गुरुङले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत ल्याए । पोल्देनले मनाङबाट २०७४ सालको चुनाव जितेका थिए । 

टेकबहादुर गुरुङ २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा श्रम राज्यमन्त्री थिए । उनकै पालामा फ्रि भिसा र फ्रि टिकट लागू भएको थियो । यस्तै, पूर्वश्रममन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बोहोरा रुपन्देही–३ बाट प्रतिस्पर्धामा छन् । गृहमन्त्री बालकृष्ण खाँणसँग नेकपा एमालेको तालमेलमा प्रतिस्पर्धामा रहेका बोहोरा मतगणना जारी रहँदा दोस्रो स्थानमा छन् । 
साथै, कैलाली–३ बाट चुनाव लडेका पूर्वश्रममन्त्री गौरीशंकर चौधरी नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीसँग पराजित भए । 



Related News


यसमा तपाइको मत


Comments