13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

२२ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण”




२२ ओटा दुईपाङग्रे सवारी साधन सम्बन्धीत धनीलाई हस्तान्तरण”

काठमाडौं, १३ मंसिर । चोरी भएका २२ ओटा सवारी साधन  सवारी धनीहरुलाई हस्तान्तरण गरिएको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १६  वटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । 
   यो आर्थिक वर्ष सुरु भए पश्चात सवारी साधन हराएको भनि ५९२ वटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो ।
जस मध्ये साउन महिनामा ७३ ओटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडी ६ वटा सवारी साधन  ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ । धनि नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ । 
सवारी साधन जथाभावी पार्किङ नर्गनुहुन र पार्किङ गरिएका सवारी साधनमा पनि सुरक्षाका उपाय डिक्स लक,  ह्याण्डिल लक, सेक्युरिटी साइरन आदि अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्नु हुन सम्बन्धित सबैलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक भट्ट अनुरोध गरेका छन् । 




यसमा तपाइको मत


Comments