06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि आइपीओ खुल्यो




वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि आइपीओ खुल्यो

काठमाडौं, १४ मंसिर । कालिन्चोक दर्शन लिमिटेडले पहिलो चरणको आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  मंसिर १४ गतेदेखि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पुँजी ६० करोडको २० प्रतिशतले हुन आउने रकम सर्वसाधारणमा बराबरको कुल १२ करोड रुपयाँ बराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कुल सेयरमध्ये १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि छुट्याएको छ । १० करोड ८० लाख रुपैयाँ अर्थात १० लाख ८० हजार कित्ता सर्वसाधरणलाई छुट्याएको छ । सर्वसाधरणलाई छुट्याइएको सेयरको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।

वैदेशिक रोजगारमा रहेकाहरुले मंसिर २८ गतेभित्र कम्पनीको आईपीओका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले पनि सो दिनसम्ममा आवेदन दिनु पर्नेछ। यद्यपि, पूर्ण आवेदन नपरेमा भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्बिनेछ।

कहाँ कसरी दिने आवेदन ?

धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन गरी बैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्कासन गरेपछि मात्र सर्वसाधारणमा बिक्री गर्न सकिने व्यवस्था गरेको छ । कुनै पनि कम्पनीले साधारण सेयर निष्कासन गर्दा निष्काशन गरिने सेयरको १० प्रतिशत श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गर्ने नेपालीहरुका लागि छुट्याउनु पर्ने व्यवस्था गरेको छ ।

आइपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिइ विदेशमा बसेर काम गर्नेले मात्र पाउने व्यवस्था छ । बैदेशिक रोजगारमा गएका लागि छु्याएको सेयरमा आवेदन दिंदा विप्रेषण (रेमिट्यान्स)  बचत खाता मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ । । सेयर आवेदन दिने विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने छ ।

विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी खोल्न सकिनेछ । विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गरिएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको सेयर निष्कासन तथा बाँडफाँड भएपछि मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ ।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक रहेकोे छ ।



Related News


यसमा तपाइको मत


Comments