13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इरानका पूर्व सहायक रक्षामन्त्री अकबरीलाई मृत्युदण्ड,विश्व समुदायबाट आलोचना




इरानका पूर्व सहायक रक्षामन्त्री अकबरीलाई मृत्युदण्ड,विश्व समुदायबाट आलोचना

एजेन्सी । इरानले पूर्व सहायक रक्षा मन्त्री अलिरेजा अकबरीलाई मृत्युदण्ड दिएको छ । अकबरीको मृत्युदण्ड लगत्तै बेलायत, फ्रान्स, अमेरिकासहित विश्व समुदायले विरोध जनाएका छन् । 

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मृत्युदण्डको घटनाले आफू स्तब्ध भएको बताउनुभएको बीबीसीले जनाएको छ । सुनकले ट्विटरमा लेखेका छन्, ’यो एक निर्दयी र कायरतापूर्ण काम हो । बर्बर शासनले आफ्नै नागरिकको मानव अधिकारको सम्मान गर्न सक्दैन ।’ बेलायतका लागि जासुसी गरेको आरोपमा बेलायतीमूलका इरानी नागरिक अकबरीलाई इरानले मृत्युदण्ड दिएको हिजो खबर सार्वजनिक भएको थियो ।  मृत्युदण्ड कहिले र कहाँ दिइयो भन्नेबारे खुलाइएको छैन ।

फ्रान्सले पनि एक विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ । अमेरिकाले इरानलाई अकबरीलाई मृत्युदण्ड नदिन आग्रह गरेको थियो । अमेरिकी कुटनीतिज्ञ वेदान्त पटेलले अकबरीलाई हिरासतमा रहँदा नशालु पदार्थ सेवन गराइएको, यातना दिइएको, हजारौँ घण्टा सोधपुछ गरिएको र झुटो स्वीकारोक्ति गर्न बाध्य पारिएको समाचारबाट वासिङ्टन निकै चिन्तित भएको बताउनुभएको छ । एम्नेस्टी इन्टरनेशनलले पनि मृत्युदण्डलाई घृणित भनेको छ । 
 



Related News


यसमा तपाइको मत


Comments