07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित




उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

काठमाडौं, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् ।

रानाको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन थिए । मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित भएकी हुन् । उनको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो । यस्तै तटस्थ १ मत परेको थियो । शनिबारको प्रतिनिधिसभामा २६४ सांसदको उपस्थिति थियो ।
 




यसमा तपाइको मत


Comments