14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, ९ माघ । सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार सांसद लक्ष्मी महतो कोइरी र भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्द भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ । विभूषण रद्द भएका अन्यमा व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ छन् । भष्ट्राचार र विवादमा रहेका व्यक्तिहरुलाई विभूषण दिने निर्णय भएको भन्दै आलोचना भएपछि पूर्ववर्ति शेरबहादुर देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका विवादित व्यक्तिको नाम रद्द गरिएको हो ।