11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिका गोलीकाण्डः  राष्ट्रसङ्घीय महासचिव स्तब्ध




अमेरिका गोलीकाण्डः  राष्ट्रसङ्घीय महासचिव स्तब्ध

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताएका छन्।

सो गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरु १० जना घाइते भएका थिए। सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको संख्या ११ पुगेको समाचारमा जनाइएको छ। अमेरिका शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ।

शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो। तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए। 

महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ र उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन्। महासचिव गुटरेसले यस्ता घटना दाहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरुलाई कानुनी कारबाहीका दायरामा ल्याउनुपर्ने पनि बताएका छन्।
 




यसमा तपाइको मत


Comments