11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इमानको अध्यक्षमा रोयल आचार्य




इमानको अध्यक्षमा रोयल आचार्य

काठमाडौं, ११ माघ । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को अध्यक्षमा रोयल आचार्य चयन भएका छन् ।  बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यलाई अध्यक्षमा नियुक्त गरेको हो । इमानको उपाध्यक्षमा दैनिकी डटकमका माधव प्रसाद तिवारी र अर्थबजार डटकमका डिल्ली प्रसाद सापकोटा चयन भएका छन् । महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।
संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् भने कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् । आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि गठन भएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।
 




यसमा तपाइको मत


Comments