08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियाका गृहमन्त्री इजमाइल नेपाली कामदारको अवस्था बुझ्न आउँदै




मलेसियाका गृहमन्त्री इजमाइल नेपाली कामदारको अवस्था बुझ्न आउँदै

काठमाडौं, १५ माघ । मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल नेपाली कामदारको अवस्था बुझ्न नेपाल आउने भएका छन् । इजमाइल फेब्रुअरी पहिलो साता नेपाल आइपुग्ने भएका हुन् । दुई देशबीचको श्रम सम्झौतापछि मलेसियाबाट उच्च अधिकारीको औपचारिक नेपाल भ्रमण भएको थिएन ।

मलेसियाले उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रका लागि स्रोत देशबाट कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन’ योजना ल्याएको छ । मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवालाई ‘संवेदनशील’ क्षेत्रका रूपमा लिएको छ ।

मलेसियाले नेपालसहित १५ वटा देशबाट कामदार लैजाने गर्छ । तीमध्ये नेपालसँग मात्रै शून्य लागतमा कामदार लैजाने श्रम सम्झौता भएको छ । स्रोत मुलुकमध्ये भियतनाम र इन्डोनेसियाबाट पछिल्लो समय कामदार आपूर्ति घटेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments