13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो




कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौं, ४ फागुन । ग्यास विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

भण्डारीलाई श्री एअरलाइन्सको विमानमार्फत भारतको मुम्बईमा रहेको नेशनल स्किन बर्न सेन्टरमा थप उपचारका लागि लगिएको हो । उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित त्यसतर्फ लगिएको हो ।

नेता भण्डारीको यसअघि कीर्तिपुरको कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको हो ।
बुधबार राति निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । आमा हरिकलाको भने उपचारका क्रममा बिहान निधन भएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments