08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै




प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाडौं, २६ फागुन । काठमाडौं गोकर्णेश्वर नगरपालिका तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ईष्टपोल उच्च मा. वि को व्यवस्थापकीय भूमिकामा शनिबार र आइतबार प्रथम  गोकर्णेश्वर न.पा खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता  (मेयर कप—२०७९) हुने भएको छ । 
तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा  १८ वटा तौल समुहकाबीच प्रतिस्पर्धा गराइने छ । जसमा पुरुष तौल समुह जुनियर र सिनियर गरी १० वटा तौल समुह रहने छ भने महिला तौल समुह जुनियर र सिनियर गरी  ८ वटा तौल समुह रहनेछ । जसमा १० वटा विभिन्न स्कुल र ८ वटा विभिन्न डोजाङ गरी जम्मा ३ सय १० जान खेलाडी (पुरुष १ सय ८० र महिला १ सय ३०) जनाले भाग लिने जनाइएको छ । 
प्रतियोगितामा विजेता टिम पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः प्रमाण पत्र, मेडल, क्यास प्राइज तथा ट्रफीको व्यवस्था गरिएको छ भने महिला तथा पुरुष तर्फबाट उत्कृट खेल्नेलाई बेस्ट फाइटर अवार्डबाट सम्मान गरिने छ । 
सहभागी खेलाडीलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ ।   कार्यक्रमको उद्घाटन शनिबार बिहान १० बजे हुने आयोजकले जनाएको छ । 
प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ भने कार्यक्रमको समापन आइतबार गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments