13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर 




वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं, ८ चैत । वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध मुद्दा दायर गरिएको छ ।  वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सञ्चालन गर्न सेवाग्राहीसँग घुस लिएको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।  उनले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा यसअघि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।  उनले बैंक खाता फुकुवा गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उक्त रकम लिएको बताइएको छ।  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले पाण्डेलाई ३० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 
 



Related News


यसमा तपाइको मत


Comments