08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा शुरु




वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा शुरु

काठमाडौं, १५ चैत । वैदेशिक रोजगार बोर्डले  बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा शुरु गरेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुवात गरिएको बोर्डले जनाएको छ । 

सार्वजनिक बिदाको दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्नेछन् ।

फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृतहरूले खटिएका छन् ।  १० देखि ५ बजेको समयमा फोन गरेर आफ्नो समस्या राख्न सकिन्छ । यदि मेडिकल अधिकृतहरूले नै समाधान गर्न सक्ने स्वास्थ्य समस्या भएमा उनीहरूले तत्काल सम्बोधन गर्ने र यदि थप विशेषज्ञ डाक्टरको सल्लाह आवश्यक परेमा प्रत्येक हप्ताको आइतबार र शुक्रवार विशेषज्ञ डाक्टरले नै श्रमिकको समस्या समाधानका लागि काम गर्ने बोर्डका सूचना अधिकारी राजन पौडेलले बताए । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याको कारण बिमारी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ । बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रवार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments