12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउमा फेरि नयाँ रेकर्ड




सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं, १७ जेठ । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बजेट मार्फत प्रति दशग्राममा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा १२ हजार ७५० रुपैयाँ पुर्याएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बैशाख २१ गते सुनको भाउ अधिकतम १ लाख ११ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । उक्त रेकर्ड करिब एक महिनापछि जेठ १७ गते तोडिएको हो ।
अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ बुधबार १ हजार ५०० रुपैयाँले बढेको हो । लगातार ५ दिन गिरावट आएको सुनको भाउ बजेट मार्फत भन्सार दर बढे लगतै मंगलबार बढेको थियो । मंगलबार २ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो । पछिल्लो दुई दिनमा मात्रै सुनको भाउमा ३ हजार ९०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजावी सुनको भाउ १ लाख ११ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएको थियो ।




यसमा तपाइको मत


Comments