08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सल्युट गोर्खाका सञ्चालक राहुल पाण्डेलाई दुबईमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर’ सम्मान 




सल्युट गोर्खाका सञ्चालक राहुल पाण्डेलाई दुबईमा ‘योङ इन्टरप्रेन्योर अफ द इयर’ सम्मान 

काठमाडौं, २५ जेठ । पोखरा १४ चाउथेमा रहेको सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रा.लि.का सञ्चालक राहुल पाण्डे दुबईमा योङ इन्टरप्रेन्योर अफ द इयर २०२३’ बाट सम्मानित भएका छन् । ग्लोबल एम्पायर इभेन्ट्स र बिजनेसन टिभीको संयुक्त आयोजनामा दुबईमा भएको कार्यक्रममा पाण्डे आइकन अफ एसिया अवार्डमा ‘क्रियटिभ इन्टरप्रेन्योर अफ द इयर’ बाट सम्मानित भएका हुन् ।
उनलाई ग्लोबल एम्पायर र बिजनेसनका प्रबन्ध निर्देशक उदयवीर सिंह बिन्द्राले सम्मान गरेका हुन् । आइकन अफ एसिया अवार्डमा ८ राष्ट्र भन्दा बढिको सहभागिता रहेको थियो ।
सम्मानपछि बोल्दै सञ्चालन पाण्डेले अवार्ड प्राप्त गर्नु उपलव्धीसँगै जिम्मेवारी पनि थपिएको बताए । उनले आफ्नो व्यवसायलाई अगाडि थप बढाउन र निरन्तरताका लागि दृढ संकल्पका साथ लागि उल्लेख गरे ।
सन् २००९ मा पोखरामा स्थापना भएको यस ट्रेनिङ्ग सेन्टरका शाखाहरु काठमाडौ, ललितपुर, सुर्खेत, दाङ, बुटवल, चितावन र धरानमा सञ्चालनमा छन् । स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिङ्गापुर पुलिस, इन्डियन आर्मी, नेपाल आर्मी लगाएत विभिन्न देशहरुमा गोर्खा सैनिक भर्ती गराउन सफल संस्था हो ।

सल्युट गोर्खा ट्रेनिङ्ग सेन्टर प्रा. लि.सन् २०२२÷२३ को एसियाको बेस्ट गोर्खा भर्ती तथा प्रशिक्षण एकेडेमी अवार्ड र २०२२÷२३ को एसियाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र अवार्डबाट सम्मानित संस्था हो ।




यसमा तपाइको मत


Comments