14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, १५ मंसिर । भिजिट भिसामा गएकाहरूले ओमानमा भिसा परिवर्तन गरी काम गर्ने भिसा लगाउन नमिल्ने भएको छ । गएको अक्टोबर ३१ देखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने निर्णय त्यहाँको सरकारले गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यसअघि भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि काम गर्ने भिसा लगाउने सक्ने भए पनि ३१ अक्टोबरदेखि भिजिट भिसामा गएकाहरूले काम गर्ने भिसा नपाउने भएका हुन् ।
दूतावासले सूचना जारी गर्दै भनेको छ ‘भिजिट भिसामा आएर त्यो भिसाको क्याटगरी परिवर्तन गरी काम गर्ने भिसा लिन नपाउने नियम लागू भएको छ, कसैले भिजिट भिसामा ओमान पठाउन खोजेमा सचेत हुनुहोस् ।’