14 Mangshir, 2080 / 30 November , 2023
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले गाजामा युद्धविरामका लागि इजरायललाई आग्रह गर्नै अस्वीकार गरेका छन् । जोर्डनमा भएको अरब देशका नेताहरुसँगको छलफलपछि उनले अरब देशका नेताहरुले तत्काल युद्ध रोक्नुपर्ने बताए पनि त्यो सम्भव नरहेको बताएका बीबीसीले जनाएको छ । यही अवस्थामा युद्ध रोकेमा विद्रोही समूह हमास पुनः सङ्गठित भएर मध्यपूर्वको शान्ति अवस्थामा अवरोध ल्याइरहने ब्लिङ्केनको भनाइ छ ।
उहाँले अरब देशका नेताहरुसँग इजरायल–हमास युद्धमा सर्वसाधरणको ज्यान जाने क्रम रोक्ने उपाय खोज्नुपर्ने तर हमास विरुद्धको युद्ध रोक्न नहुने बताए । अरब देशका नेताहरुले भने इजरायलले युद्ध अपराध गरिरहेको भन्दै यसलाई आत्मरक्षा हो भनेर स्वीकार नगर्ने बताएका बीबीसीले जनाएको छ ।