14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीः पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ




वैदेशिक रोजगारीः पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ

काठमाडौं, २१ कात्तिक । पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपैयाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार स्थायी घर भक्तपुर नगरपालिका वडा नं. १० भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका – ६ रामकोट बस्ने कर्माचार्यले मदनराज मोक्तनसहित १७ जनालाई पोल्याण्ड जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५० रुपियाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन ।

उनले पटक–पटक गरी सो रकम पीडितबाट उठाइ सम्पर्कविहिन रहेको अवस्थामा वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो । 

प्रहरीले उनलाई काठमाडौंको इन्द्रचोकबाट मंगलबार दिउँसो १ बजे पक्रउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ । 
 



Related News


यसमा तपाइको मत


Comments