14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, २२ कात्तिक । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यही मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई ’सेल्फी’ खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।