14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीसँग प्रश्नोत्तर




कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीसँग प्रश्नोत्तर

काठमाडौं, २३ कात्तिक । कोशी प्रदेशसभाको बैठक आज बिहान बस्दैछ। बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीसँग प्रश्न सोध्ने कार्यसूची छ। मुख्यमन्त्री कार्कीलाई प्रश्न सोध्न आठ सांसदले नाम टिपाएका प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार आफ्नो प्रश्नको उत्तर मुख्यमन्त्रीले चित्त बुझ्दो ढंगले नदिए पूरक प्रश्न समेत गर्न पाइने छ।

कोशी प्रदेश सभामा आज पहिलोपटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर हुन लागेको हो। कांग्रेसका ८ सहित एमालेका ३९ सांसदको समर्थनमा गत असोज २७ मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले नियुक्तिको ५ दिनमै (१ कात्तिकमा) प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।  




यसमा तपाइको मत


Comments