14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्काे निर्णय




निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्काे निर्णय

२३ कात्तिक । बारास्थित बहुचर्चित निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

२०७९ मा सर्वोच्च अदालतले निजगढ विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा प्रश्न उठाउँदै विमानस्थल निर्माणका सबै प्रक्रिया खारेज गरिदिएको थियो। सर्वोच्चले सरकारको निर्णय खारेजसँगै विमानस्थल आवश्यक छ(छैन भन्ने विषयमा विवाद थियो। त्यसपछि सरकारले अध्ययन समिति बनाएको थियो।

अध्ययन समितिले विमानस्थल आवश्यक रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। जस अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले विमानस्थलको निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको जनाइएको छ ।
 




यसमा तपाइको मत


Comments