14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, ४ मंसिर । उदाउँदो सूर्यलाई अर्घ्य दिँएसँगै छठ पर्व सकिएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान काठमाडौंलगायत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको छ।
छठ पर्व काठमाडौंको कमलपोखरी, गौरीघाटलगयात तराईका अधिकाशं जलाशय किनारामा धार्मिक विधिपूर्वक मनाइएको छ ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।