11 Falgun, 2080 / 23 February , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीः बेलायत जान ७१ जना नर्स छनोट




वैदेशिक रोजगारीः बेलायत जान ७१ जना नर्स छनोट

काठमाडौं, १० मंसिर । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ । विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो । आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको नाम छनोट गरिएको विभागले जनाएको छ ।
नर्सको योग्यता र अनुभवका आधारमा सूची तयार पारिएको हो । आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान राखिएको थियो ।

योसँगै कम्तिमा दुई वर्षको कार्यानुभव र अंग्रेजी भाषामा दख्खल भएको हुनुपर्ने भनिएको थियो । गत जुलाईमा दुई देशबीच १ सय जना नेपाली नर्स बेलायत लैजाने सहमति भएको थियो ।
 



Related News


यसमा तपाइको मत


Comments