11 Falgun, 2080 / 23 February , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमै पहिलो पटक मर्स्याङ्दी गाउँपालिका समलिंगी विवाह दर्ता




नेपालमै पहिलो पटक मर्स्याङ्दी गाउँपालिका समलिंगी विवाह दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमै पहिलो पटक लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ। लमजुङको दोर्दी गाउँपालिका- २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका- ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको हो।

राम बहादुर गुरूङको पहिलो विवाह सम्बन्ध विच्छेद भएपछि उनको दोस्रो विवाह समलिंगीसँग भएको हो । उनीहरुको बुधबार गाउँपालिकामै समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि उनीहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेश अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।


 




यसमा तपाइको मत


Comments