18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


डेंगी संक्रमणबाट ३६ जनाको मृत्यु, २७ हजार बढी संक्रमित

डेंगी संक्रमणबाट ३६ जनाको मृत्यु, २७ हजार बढी संक्रमित


काठमाडौं, १२ असोज । डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ । 

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ । 

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभे्र, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन् । 
यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ । 
 


दशैंको तेस्रो दिनः चन्द्रघण्टाको पूजा गरिँदै

दशैंको तेस्रो दिनः चन्द्रघण्टाको पूजा गरिँदै


काठमाडौं, १२ असोज । आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।
चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।
यसैबीच दशैंको तेस्रो दिन आज पनि देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड लागेको छ । राजधानीभित्र गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली, इन्द्रायणीसहितका मन्दिरहरुमा दर्शनार्थीहरूको पूजा गर्नेहरुको चहलपहल छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ ।


 


दशैँघरमा विधिवत् रुपमा राखियो जमरा 

दशैँघरमा विधिवत् रुपमा राखियो जमरा 


काठमाडौं, १० असोज । काठमाडौं हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रुपमा जमरा राखिएको छ। सोमबारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो। 

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो।  उक्तअवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ। 
दशैँको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ।

सोमवार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ।  घटस्थापना गर्दा पूजाकोठा वा दशैँ घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ। 

नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।  नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ।

जमरा राखेपछि हनुमान ढोका दरबारका पूजारी सागर खरेलले नियमपूर्वक मन्त्रोच्चारण गरी घटस्थापना र जमरा राखिएको बताए।  विशेषतः जमरा जौ को राख्ने गरिन्छ। तर आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।


एकैदिन १ हजार ५०४ जनामा डेंगु संक्रमण

एकैदिन १ हजार ५०४ जनामा डेंगु संक्रमण


काठमाडौं, ९ असोज । नेपालमा एकैदिन एक हजार पाँच सयभन्दा बढी डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजारमा डेंगु संक्रमण भएको छ । त्यसैगरी, लुम्बिनी प्रदेशमा दुई हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको छ ।

नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए । हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


बढ्दो डेंगु संक्रमण

बढ्दो डेंगु संक्रमण


काठमाडौं, ८ असोज । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।


 


वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर


काठमाडौं, ६ असोज ।  काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका अवैध संरचनामा डोजर चलाएको छ । बिहीबार महानगरले अवैध रुपमा बनेका ती टहरामा ९फार्मेसी० मा डोजर चलाएको हो ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ३५ दिन अगाडि नै ती टहराका व्यवसायीहरुलाई सूचना दिएको थियो भने बुधबार पनि २४ घण्टे सूचना जारी गरेको थियो ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सुरु गरेको हो ।


वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर


काठमाडौं, ६ असोज ।  काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका अवैध संरचनामा डोजर चलाएको छ । बिहीबार महानगरले अवैध रुपमा बनेका ती टहरामा ९फार्मेसी० मा डोजर चलाएको हो ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ३५ दिन अगाडि नै ती टहराका व्यवसायीहरुलाई सूचना दिएको थियो भने बुधबार पनि २४ घण्टे सूचना जारी गरेको थियो ।

नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सुरु गरेको हो ।


चाडपर्वमा काठमाडौंको सुरक्षाः ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने

चाडपर्वमा काठमाडौंको सुरक्षाः ३ हजार ३ सय ४३ प्रहरी परिचालन गरिने


काठमाडौं, ५ असोज ।  चाडपर्वको समयमा काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको जानकारी दिए । 


टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागले देखायो चासो

टुकुचाको भूमिगत पूर्वाधारमा पुरातत्व विभागले देखायो चासो


काठमाडौं, ४ असोज ।  काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा इक्षुमति खोल्न थालेपछि पुरातत्व विभागले यसमा चासो दिएको छ । विभागले नारायणहिटी दरबार क्षेत्र बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म परम्परागत प्रविधिबाट भूमिगत गरिएको टुकुचाको पुरातात्विक पूर्वाधारबारे पुरातत्व विभागले अध्ययन थालेको छ ।
विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार टुकुचामा महानगरले उत्खनन गरिरहेको पूर्वाधारबारे अध्ययन गर्न एक टोली खटाएको छ ।
टोलीले टुकुचा खोला भूमिगत गर्न बनाइएको गुम्बज शैलीको ‘ढल प्रणाली’मा आधारित इँटाबाट निर्मित पूर्वाधारको ऐतिहासिकताबारेअध्ययन गर्नेछ । टुकुचा भूमिगत गर्न बनाइएको सो पूर्वाधार पुरातात्विक महत्वको हुनसक्ने अनुमान छ ।

करिब १३० वर्षअघि नै राणा प्रधानमन्त्री वीरशम्शेरले भूमिगत गरेको अनुमान छ । सय वर्षभन्दा पुराना सम्पदालाई विभागले पुरतात्विक वस्तु र सम्पदाका रुपमा सूचीकृत गर्ने गरेको छ । यस्ता सम्पदालाई प्राचीक स्मारण संरक्षण ऐनअनुसार संरक्षण गर्नुपर्ने दायित्व विभागको हो ।


दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, कहाँको भाडा कति ?

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्दै, कहाँको भाडा कति ?


काठमाडौं, ३१ भदौ । दशैंका लागि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ ।

यस पटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्नेरगराउने सहमति भएको थियो ।