19 Chaitra, 2079 / 2 April , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


बढ्न थाल्यो कोरोना, परीक्षणबिना नेपाल प्रवेशमा रोक

बढ्न थाल्यो कोरोना, परीक्षणबिना नेपाल प्रवेशमा रोक


काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो केहिदिन यता कोरोना संक्रमणको दर बढ्न थालेको छ ।  कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ ।  भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले बताए । 

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । सङ्क्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको  हो ।
 


घुससहित शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया पक्राउ

घुससहित शुद्धोधन गाउँपालालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया पक्राउ


काठमाडौं, १६ चैत । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।
नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई गाउँपालिकाको चमेना गृहबाट घुस रकमसहित बिहीबार बिहान साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको हो । 


लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै


काठमाडौं, १५ चैत । मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । 
विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो । 
कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते हुने जानकारी दिएको छ । 
यस वर्ष एक हजार पाँच सय विद्यार्थीले दीक्षित गर्न कार्यक्रम भाग लिने बताइएको छ । दीक्षान्त समारोहमा सहभागी हुनको लागि www.convocation.lucan.org.np  मार्फत यहि चैत १६ गतेदेखि २० गतेसम्म दर्ता गर्न पाउने बताइएको छ । 
सन् २००२ मा मलेसियामा स्थापित लिंकन युनिभर्सिटीले नेपालमा पहिलो पटक फिनिक्स कलेज अफ मेनेजमेन्टलाई सन् २०१३ मा सम्बन्धन दिएको थियो । 
हाल लिङ्कन युनिभर्सिटी कलेजबाट सम्बन्धन लिएर काठमाडौं, ललितपुर, विर्तामोड, विराटनगर, बुटवल, पोखरा लगायतका शहरमा ११ वटा कलेजहरू सञ्चालित छन् । यी कलेजहरूले बिबिए, एमबिए र विएचए. प्रोग्रामहरू सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू विदेश गइरहेको सन्दर्भमा लिंकन युनिभर्सिटी कलेजले नेपालभित्रै अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्दै आएको छ ।
 


ठगी आरोपः काठमाडौंबाट चिनियाँ नागरिकसहित १९ जना पक्राउ

ठगी आरोपः काठमाडौंबाट चिनियाँ नागरिकसहित १९ जना पक्राउ


काठमाडौं, १५ चैत । काठमाडौंमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ ।
टेलिग्राम मार्फत अनलाइन कक्षा सञ्चालन गर्ने नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 
 


आज चैते दशैँ मनाईंदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज चैते दशैँ मनाईंदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा


काठमाडौं,१५ चैत । आज चैते दशैँ पर्व मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने असार र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ ।
चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।
बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनीलगायत पीठमा आज विशेष पूजा हुन्छ । त्यस्तै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन विशेष पूजा गरिन्छ । काठमाण्डौ उपत्यकाबाहिरका शक्ति पीठमा पनि आज पूजा तथा मेला लाग्ने गर्छ ।  चैते दशैँ पर्वका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । 


मनमैजु नापी कार्यालयका सर्भेक्षक घुससहित पक्राउ

मनमैजु नापी कार्यालयका सर्भेक्षक घुससहित पक्राउ


काठमाडौं, १४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट घुससहित दुई जनालाई पक्राउ गरेको छ ।
जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।
 


नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८(पूर्णपाठसहित)

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८(पूर्णपाठसहित)


काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्।   राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। विस्तृत र अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो।


'वानएक्स बेट'का ६ एजेन्ट पक्राउ

'वानएक्स बेट'का ६ एजेन्ट पक्राउ


काठमाडौं, ८ चैत । 'वानएक्स बेट'मार्फत् सट्टेबाजी गराएको आरोपमा ६ जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ।  बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो।  जुम्लाका २३ वर्षीय दिलिपसिंह कठायत, २३ वर्षीय भुपालराज न्यौपाने, १९ वर्षीय नयनराज भण्डारी र २८ वर्षीय वरूणकुमार सिंह छन्। यस्तै काठमाडौंका ३२ वर्षीय बासुदेव पाण्डे र काभ्रेका २६ वर्षीया शिवानी तामाङ पक्राउ परेका हुन्। 

उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराएको आरोप छ। पक्राउ परेका व्यक्तिहरू माथिल्ला तहका एजेन्ट हुन्। उनीहरूलाई प्रहरीले मंगलबार काठमाडौं उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको कार्यालयका प्रमुख एवं एसएसपी मनोजकुमार केसीले जानकारी दिए। 


आज घोडे जात्रा पर्व मनाइँदै

आज घोडे जात्रा पर्व मनाइँदै


काठमाडौं, ७ चैत । घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।


 


कांग्रेस सरकारमा सहभागी हुने 

कांग्रेस सरकारमा सहभागी हुने 


काठमाडौं, ५ चैत । नेपाली कांग्रेस सरकारमा जाने भएको छ । आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको पन जानकारी दिए । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताए ।
यस्तै, प्रवक्ता महतले बैठकमा कसको निर्णयमा काँग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको बताए । उनले काँग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताए ।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom