14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


१७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

१७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार


एजेन्सी । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । 

उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ ।

सुरुङभित्र फसेका मजदुरको उद्धारका लागि शुरुमा पहिरो पन्छाउने प्रयास भएकोमा त्यहाँबाट सम्भव नभएपछि पहाड माथिबाट एउटा ठाडो र अर्को तेस्रो प्वाल बनाइएकाे थियो । ठाडोतर्फको प्वालबाट मजदुरलाई बाहिर निकालिएको हो ।

९० सेन्टिमिटर व्यास भएको पाइप जडान गरेर त्यहाँबाट एक/एक जना गर्दै मजदुरलाई बाहिर निकालिएको हो ।
 


गाजामा थप दुई दिन युद्धविराम लम्बिने, हमास समूहबाट ५० र इजरायलबाट १ सय ५० जना बन्दी रिहा

गाजामा थप दुई दिन युद्धविराम लम्बिने, हमास समूहबाट ५० र इजरायलबाट १ सय ५० जना बन्दी रिहा


एजेन्सी । इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले इजरायल र हमासबीचको युद्धविराम थप दुई दिन लम्बिने जनाएको छ ।

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स अर्थात् ट्विटरमा गाजापट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको उल्लेख गर्नुभएको छ ।

युद्धविरामको एक पक्ष हमासले पनि थप केही सर्तसहित युद्धविराम विस्तार हुने सूचनालाई पुष्टि गरेको बीबीसीले जनाएको छ । चार दिने युद्धविरामको अन्तिम दिन हिजो हमासले ११ जना र आज बिहान इजरायलले थप ३३ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलको जेलबाट रिहा हुनेहरुमा ३० बालबालिका र तीन जना महिला रहेका छन् ।

सम्झौता अनुसार हमासले एकजना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमति थियो । सम्झौता अन्तर्गत हमासले अहिलेसम्म कुल ५० जना इजरायली बन्धकलाई रिहा गरेको छ ।

बदलामा इजरायलले आफ्नो जेलबाट १ सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको थियो । हमासले २ सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ ।

गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा ६ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् ।   
 


हमासबाट १३ इजरायली र ४  थाई नागरिक रिहा

हमासबाट १३ इजरायली र ४  थाई नागरिक रिहा


एजेन्सी । गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।
गएराति हमासले इजरायली र थाई गरी १७ जनालाई रिहा गरेसँगै थप ३९ जना प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको सुरक्षा निकायले पुष्टि गरेको छ ।
इजरायल–हमासबीच भएको युद्धविरामको पहिलो दिन अस्ति शुक्रवार १३ जना इजरायली, ३९ जना प्यालेस्टिनी, १० जना थाई नागरिक र एक जना फिलिपिनी नागरिकलाई रिहा गरिएको थियो ।

थाई र फिलिपिनी नागरिकलाई भने कतारको छुट्टै कुटनीतिक पहलमा हमासले रिहा गरेको हो । कतारको मध्यस्ततामा हमास र इजरायलबीच भएको सम्झौतामा चार दिन युद्धविराम गरिएको छ ।

युद्धविराम अवधिमा हमासले कम्तीमा ५० जना बन्धीलाई रिहा गर्नेछ ।  इजरायलले एक बन्धक बराबर तीन जनाको दरले कैदीबन्दी रिहा गर्नेछ । युद्धविरामको आज तेस्रो दिन हो । युद्धबिराम सकिन अब एक दिन मात्र बाँकी छ ।


इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुँदै


एजेन्सी । जरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको छ । त्यसपछि इजरायलले आफ्नो जेलमा रहेका १ सय ५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ । कतारका अनुसार  हमासले बन्धक बनाएकामध्ये १३ जना आजै रिहाइ हुनेछन् । रिहाइ हुनेको नाम भने  सार्वजनिक गरिएको छैन ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको बताउनुभएको बीबीसीले जनाएको छ । 
 


भारतले क्यानडाका नागरिकलाई दिन थाल्यो भिसा 

भारतले क्यानडाका नागरिकलाई दिन थाल्यो भिसा 


एजेन्सी । भारत सरकराले बुधबारबाट क्यानडाका नागरिकलाई पुनः भिसा दिन सुरु गरेको छ । भारतमा आउने क्यानडाका पर्यटक तथा व्यापारिक यात्रीहरुलाई दुई महिनादेखि रोकिएको ई–भिसालाई भारत सरकारले पुनः सुरु गरेको हो ।

भारत सरकारले दुई महिनाअघि क्यानडाको ओट्टावामा भएको एक क्यानडियन सिख नागरिक हरदिप सिंह निज्जरको हत्यामा आफ्नो भूमिका भएको आरोप लागेपछि क्यानडियनहरुलाई भिसा दिन बन्द गरेको थियो ।


कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउँदै

कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउँदै


काठमाडौं, ६ मंसिर । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।


हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम

हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम


एजेन्सी ।  इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । कतारको मध्यस्थतामा इजरायल–हमासबीच कैदी–बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता हुन लागेको हो । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को विशेष बैठकले स्वीकृत गरेको बीबीसीले जनाएको छ । 

सम्झौतामा हमासले आफूले बन्धक बनाएका ५० जना इजरायली नागरिक रिहा गर्ने र इजरायलले पनि आफ्नो देशमा कैदी तथा बन्दीको रुपमा रहेका प्यालेस्टिनीहरुको रिहा गर्ने उल्लेख छ । सम्झौतामा हमासले आफ्नो तर्फबाट केही थाइ नागरिकको रिहा गर्ने पनि उल्लेख गरेको छ । दुवै पक्षले कम्तीमा चार दिन युद्ध विराम गर्नेछन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरु रिहा भए पनि गाजामा युद्ध निरन्तर रहने बताउनुभएको छ । बन्धक रिहाले मात्र लक्ष्य पूरा नहुने भएकोले छोटो समयको युद्धविरामपछि युद्ध जारी रहने बताएको बीबीसीले जनाएको छ ।

गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन् ।
 


१० दिनदेखि सुरुङमा फसेका भारतीय कामदार  देखिए क्यामेरामा

१० दिनदेखि सुरुङमा फसेका भारतीय कामदार  देखिए क्यामेरामा


एजेन्सी । १० दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ जना भारतीय कामदारलाई मङ्गलवार पहिलो पटक क्यामेरामा देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । 

प्रस्तावित मार्गमध्ये एउटा झन्डै आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ । 

सरकाले जारी गरेको भिडियोमा देखाइएको छ, ‘हामी तपाईँहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौँ, चिन्ता नगर्नुहोस्’, उद्धारकर्मीहरूले क्यामेरा नजिक एकत्रित भएका सुरुङभित्र फसेका हेलमेट लगाएका मानिसहरूलाई भनेको सुन्न सकिन्छ । 

सुरुङको एक भाग भत्किएपछि एक्स्काभेटरहरूले गएको कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावेशष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेशिन बारम्बार बिग्रँदा वायु सेनाले नयाँ उपकरणमा दुई पटक एअरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

क्यामेरा सुरु हुनुअघि उद्धारकर्मीहरूले रेडियो प्रयोग गरेर भित्रका मानिसहरूसँग कुराकानी गरिरहेका थिए ।


इजरायलसँग सम्झौताको नजिक पुगेको हमास समूहको दावी

इजरायलसँग सम्झौताको नजिक पुगेको हमास समूहको दावी


एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासका एक अधिकारीले इजरायलसँग सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । दुई पक्षबीच कतारमा वार्ता जारी छ।

वार्ता जारी रहेका बेला हमासका नेता इस्माइल हनियाले आफूहरु इजरायलसँग सम्झौताको नजिक रहेको बताएका हुन् ।  ‘हामीले कतारको माध्यमबाट आफ्नो कुरा राखेका छौं। हामी युद्धविराम सम्झौतामा पुग्ने क्रममा छौं।’, हमासका नेता इस्माइल हनियाले भनेका छन् ।
इजरायली पक्षबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बनाएका बन्धक छुटाउने विषयमा सम्झौता हुन लागेको बताएका थिए।
 


विश्व बजारमा बढ्यो तेलको मूल्य

विश्व बजारमा बढ्यो तेलको मूल्य


एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती  गर्न लागेको समाचार सार्वजनिक भएसँगे विश्वबजारमा तेल महंगिएको हो ।

इजरायल र हमासबीचको हिंसात्मक जारी द्वन्द्वले गर्दा मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ता कायमै छ । युद्धको अनिश्चितता कायमै रहेपछि मध्यपूर्वमा एक महिनायता तेलको भाउ ओरालो लागेको थियो ।

सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा  ब्रेन्ट क्रुडको भाउ ०.७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१८  डलरमा आएको थियो ।

तर अपरान्ह  २:३० बजेसम्ममा भने ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ०.६९ प्रतिशतले बढेर ८१.१७ डलरमा उक्लिएको छ । सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि ०.८२ प्रतिशतले बढेर ब्यारेलकै ७६.५१ डलरमा सेन्टमा पुगेको छ।

ओपेक प्लसले आगामी आइतबार बस्न लागेको बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने  भन्नेबारे विचार गर्न लागेको खबर सार्वजनिक भएको छ । जसका कारण कच्चा तेलको मूल्य साताको सुरुवाती दिनदेखि नै बढेको समाचार एजेन्सी रोयटर्सले बताएको छ ।

रोयटर्सले तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ओपेक  थप उत्पादन कटौतीबारे छलफल गर्न लागेको बताएको छ। तर ओपेक प्लस सदस्यहरू कटौतीमा सामेल हुने सम्भावना अस्पष्ट रहेको बताइएको छ ।