18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ


काठमाडौं, ३० भदौ । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् ।
जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको उनीहरुले बताएका छन् ।
 


तीन प्रदेशमा वर्षाः यस्तो शुक्रबारको मौसम पूर्वानुमान

तीन प्रदेशमा वर्षाः यस्तो शुक्रबारको मौसम पूर्वानुमान


काठमाडौं, १७ असार । देशका तीन प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ का एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ। जसका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। 
साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)    

हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ। 

२०७९ असार १७ गते (शुक्रबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 २०७९ असार १८ गते (शनिबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

राती : देशभर सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

२०७९ असार १९ गते (आईतबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

 


यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ

यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ


काठमाडौं, २१ जेठ । छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।

शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । अहिले उनलाई काठमाडौं ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । 

१२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

१५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी बताए । 
 


अझै केही दिन मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना

अझै केही दिन मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना


काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा बिहानैदेखि पानी परिरहेको छ । अझै केही दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीयसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यसकै प्रभावले अहिले पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पानी पर्ने क्रम बढेको भएपनि मनसुन भने सुरू भइसकेको छैन ।

नेपालमा भारतको केरला हुँदै मनसुन भित्रने गर्छ । भारतमा नै मनसुन नआइसकेको अवस्थामा नेपालमा भित्रन अझै केही दिन लाग्ने उहाँको भनाइ छ । नेपालमा सामान्यतया जुन १३ मा प्रवेश गर्ने मनसुन अक्टोबर २ मा बाहिरिने गर्छ ।


उपत्यका लगायत देशका धेरै स्थानमा विहानैदेखि मेघ गर्जनसहित वर्षा

उपत्यका लगायत देशका धेरै स्थानमा विहानैदेखि मेघ गर्जनसहित वर्षा


काठमाडौं, ८ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।  

आइतबार दिउँसो सम्म देशभर आंशिकदेखि  सामान्य बदली  रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  र  हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


आज आमाको मुख हेर्ने पर्व

आज आमाको मुख हेर्ने पर्व


काठमाडौं, १७ वैशाख ।  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।


आज आमाको मुख हेर्ने पर्व

आज आमाको मुख हेर्ने पर्व


काठमाडौं, १७ वैशाख ।  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।


पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर वर्षा


काठमाडौं, २१ माघ । पश्चिमदेखि पूर्वसम्म देशका धेरै स्थानमा मेघगर्जनरचटयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।  मौसस पूर्वानुमान महाशाखाका अनुसार रातिदेखि नै देशका धेरैजसो स्थानमा पानी परिरहेको हो। काठमाडौं उपत्यकामा पनि अहिले फाटफुट वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले देशभर मौसम बदली गराई वर्षा तथा हिमपात गराइरहेको हो। उक्त प्रणाली गत बुधबार बेलुका नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको हो। मौसमविद् प्रधानांगका अनुसार राति पूर्वदेखि पश्चिमसम्मै वर्षा भए पनि देशका पश्चिमी प्रदेशहरूतिर अलि बढी वर्षा भएको छ। कतै कतै असिना पनि परेको छ। 

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचटयाङरअसिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। 

यसैगरी आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चटयाङ/असिनासहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव हेको छ 

 

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ  सहित हल्का वर्षा भइरहेको छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ  गते  (शुक्रबार)

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

राती देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १मधेश प्रदेशबागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

२०७८ माघ  गते  (निबार)

दिउँसो देशका प्रदेश नं १मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ। प्रदेश नं १मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत छ ।

 

राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

 

 २०७८ माघ  गते  (आइतबार)

दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  

 

राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । 

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ/असिना  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको र देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना

रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।


क्यूआर कोडले गर्दा वैदेशिक रोजगारमा जाने व्याक्तिहरु पीडित

क्यूआर कोडले गर्दा वैदेशिक रोजगारमा जाने व्याक्तिहरु पीडित


काठमाडौं, १९ पुस । वैदेशिक रोजगारमा जाने युवाहरु दैनिक पीडित भएका छन् ।

उनीहरुले कोभिड–१९ को भ्याक्सीन लगाएको प्रमाणीकरण नहुँदा पीडित बनेका हुन् । म्यानपावर कम्पनीले भ्याक्सिनको प्रमाणीकरण कागाजात (क्यूआर कोड) सम्बन्धित निकायाले प्रमाणीकरणमा ढिलाई गर्दा पीडित बनेका हुन् ।

बिभिन्न निकायामा प्रमाणीकरणका लागि सम्बन्धित खोप लगाएको पालिकामा सम्पर्क गर्दा समेत उनीहरुलाई बिभिन्न बहाना बनाएर कर्मचारीहरुले प्रमाणीकरणमा ढिलाई गर्ने गरेका छन् ।

वैदेशिक रोजगारमा जाने दैलेख स्थायी ढेगाना भएका दुर्गा सापकोटाले खोप लगाएको कागाजात प्रमाणीकरण गर्न अनलाईन मार्फत फारम भरी सम्बन्धित निकायमा पुग्दा कर्मचारीले कहिले इन्टरनेट को समस्या त कही के बहाना बनाई नीज पीडित भएको भन्दै न्यूज आजकोलाई बताए । उनले भने, ‘म पालिकामा पटक–पटक पुग्दा समेत मेरो काम गरिदिएन ।’ त्यस्तै लुम्बीनि प्रदेश गैडहवा घर भएका द्वय बिरु कुमाल र गोबिन्द कुमाललाई पनि यस्तै पीडा भएको छ ।

उनीहरुले पनि अनलाईन मार्फत फारम भरी सम्बन्धित निकायमा पुग्दा समेत आज १ हप्ता सम्म आफ्नो काम नभएको बताए । उनीहरुले म्यानपावर कम्पनीले बारम्बार सो भ्याक्सीन प्रमाणीकरणको कागाजात मागेको बताए । उनीहरुले भने,‘अबत म्यानपावर कम्पनीबाट भिषा सकिन लाग्यो भन्दै फोन आइरहेको छ ।’ सम्बन्धित निकायाको लाप्रवाहीले गर्दा हजारौ युवाहरुको बिचल्लि काठमाडौंमा देख्न सकिन्छ । कुमालका अनुसार कसैको दुई मिनेटमा क्यूआर कोड अर्थात खोप प्रमाणीकरण कागजात प्रिण्ट भएको छ ।

पहुँच र आफ्ना भएको ठाउँमा मात्र काम हुने हो भने हामी जस्ता युवाहरुको भविश्य के हुन्छ भन्ने प्रश्न कुमालले न्यूज आजको सँग राखेका थिए । सँच्चिकै वैदेशिक रोजगारमा जाने युवाहरु पीडित कहीलेसम्म हुने यो सरकार र सम्बन्धित निकायलाई न्यूज आजको प्रश्न रहेको छ ।
 


मौसममा सुधार आउँदै, चिसो बढ्यो

मौसममा सुधार आउँदै, चिसो बढ्यो



काठमाडौं, १५ पुस । देशभरको मौसममा क्रमिक सुधार आएको छ ।  हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । बुधबार दिनभर देशका धेरैजसो ठाउँमा पानी परेको थियो ।

उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाडौंसहित देशका केही ठाउँमा घाम लाग्ने छ । पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।

यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ । काठमाडौंको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो ।

अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो । आज भने दिउँसो घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

यस्तै, आज काठमाडौंको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।