16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


एकैदिन २४ सयले बढ्यो सुनको भाउ

एकैदिन २४ सयले बढ्यो सुनको भाउ


काठमाडौं, ३० चैत । २०८० सालको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । आज प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो ।  सुनको मूल्य यसअघि चैत २८ गते १ लाख ३६ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड मूल्य कायम गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
 


नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण


काठमाडौं, २९ चैत । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

बैंकले आज पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।
 


वाग्मती नगरपालिका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा

वाग्मती नगरपालिका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, २८ चैत ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले पाँच वर्षमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

दायर गरिएको मुद्दामा नगर प्रमुख थापासँग पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो दाबी गरिएको छ । थापाले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

थापाले नगर प्रमुखको रूपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ गतेदेखि २०७९ माघ २९ गतेसम्मको अवधिको अनुसन्धान हुँदा उक्त रकम गैरकानुनी रुपमा आर्जन गरेको पाइएको अख्तियारले जनाएको छ । अनुसन्धान गरिएको अवधिमा थापाको वैधानिक आय सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँ रहेको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । सोही जाँच अवधिमा उनको सम्पूर्ण व्यय (खर्च तथा लगानी) १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । 
थापाको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता देखिन नआई पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको ठहर अख्तियारको छ । 
सार्वजनिक पद धारण गरेका वाग्मती नगरपालिकाका प्रमुख थापाले सार्वजनिक पदको दुरुपयोग गरी सो सम्पत्ति आर्जन गरेको ठहर अख्तियारको छ ।


आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य


काठमाडौं, २८ चैत । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सुनचाँदीको भाउमा नयाँ रेकर्ड

सुनचाँदीको भाउमा नयाँ रेकर्ड


काठमाडौं, २३ चैत । सुन र चाँदी दुबैको भाउ बढेर ऐतिहासिक उचाइमा पुगेको छ। यस दिन सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार सुनको मूल्य १ लाख ३३ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो। यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएको थियो।


सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड


काठमाडौं, २१ चैत । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो।

यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।


बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य 


काठमाडौं, १८ चैत । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरी मुल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएकाले बढाउनु परेको निगमले जनाएको छ । डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


 


मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनिहरुविरुद्ध मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।


मुद्दा दायर हुनेमा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्य रहेका छन् ।

कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा दायर गरिएको जनाइएको छ ।
 


दिनदिनै रेकर्ड तोड्दै सुनको भाउ

दिनदिनै रेकर्ड तोड्दै सुनको भाउ



काठमाडौं, १६ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मूल्य बढेर छापावाल सुन १ लाख ३० हजार रुपैयाँ प्रतितोला पुगेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा नयाँ रेकर्ड थियो।

बुधबार छापावाल सुनको कारोबार १ लाख २६ हजार ८ सय रुपैयाँ प्रतितोलाका दरले भएको थियो। यसअघि चैत ८ गते सुनको मूल्य १ लाख २७ हजार ८ सय रुपैयाँको उचाइमा पुगेको थियो। तेजावी सुनको मूल्य छापावालको तुलनामा प्रतितोला ६ सय रुपैयाँले कम रहँदै आएको छ। शुक्रबारका लागि तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ निर्धारण छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य शुक्रबारका लागि १ ह जार ५२५ रुपैयाँ प्रतितोला कायम गरिएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ५१० रुपैयाँ रहेको थियो।


नबिल बैंकले गर्‍यो विद्यार्थीमाझ वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकले गर्‍यो विद्यार्थीमाझ वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं, १४ चैत । नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न सातवटै प्रदेश कार्यालयसहित देशव्यापी कार्यक्रम गरेको छ । नबिलले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गरेको हो ।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियानअन्तर्गत नबिल बैंकले देशका सातवटै प्रदेशमा एक हजार ९०० भन्दा बढी विद्यार्थी माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

नबिल बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनु पर्छ र त्यसकालागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने उद्देश्यले जागरूकता अभियान सञ्चालन गर्दै आएको छ ।

ग्लोबल मनी विकको सन्दर्भमा सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

कोसी प्रदेशका ६७३, मधेश प्रदेशका २२०, वाग्मती प्रदेशका ४२५, लुम्बिनी प्रदेशका १३५, सुदूरपश्चिम प्रदेशका १२०, कर्णाली प्रदेशका २४० भन्दा बढी विद्यार्थी लाभान्वित उक्त कार्यक्रमबाट भएका छन् ।

नबिल बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।