16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


‘चौका दाउ’ पुष २७ देखि

‘चौका दाउ’ पुष २७ देखि


काठमाडौं, पुष २५ । सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्म ‘चौका दाउ’ पुष २७ गते बाट देशव्यापी रिलिज हुँदैछ । फिल्म पूणेन्दू झाको निर्देशनमा तयार भएको हो । लिजेन्ड्री संगीतकार शम्भुजित बास्कोटाको निर्माण रहेको फिल्म ‘चौका दाउ’ सेन्सर पास भएसंगै शुक्रबारबाट हलहरुमा प्रदर्शन हुने भएको छ ।

निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रूपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रूपमा अजश्र ढुँगाना रहेको बताए । ‘यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा हो, यसको कथाले दर्शकलाई प्रभाव पार्नेछ र पूरा हँसाउने पनि छ उनले भने ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो फिल्मको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन्। फिल्ममा वसन्त श्रेष्ठको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, दीर्घ गुरुङको छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ । फिल्मको राधा पियारी र मेरो माया कतारमा बोलका गीत चर्चित छन्। गीतमा बसन्त श्रेष्ठ र भिमफेदी गाईजको नृृत्य निर्देशन छ । अभिमन्यू निरवीको लेख रहेको फिल्मलाई विके फिल्म्स्ले काठमाडौं र एफडीले मोफसलमा बितरण गर्नेछ ।

 


‘गरुड पुराण’मा कर्मा बुढो पनि तन्नेरी पनि 

‘गरुड पुराण’मा कर्मा बुढो पनि तन्नेरी पनि 


काठमाडौं, पुस २२ । माघ ४ गतेबाट प्रदर्शनको तयारी रहेको चलचित्र ‘गरुड पुराण’मा अभिनेता कर्मा शाक्यलाई दुई फरक भूमिकामा हेर्न पाइने भएको छ । नायकको रुपमा युवा भूमिका निर्वाह गरेका उनी पौढ भूमिका पनि यो फिल्ममा भएको निर्माण पक्षले खुलासा गरेको छ ।
शनिबार निर्माण पक्षले यो फिल्मको केही तस्बिर सार्वजनिक गर्दै फिल्ममा कर्मा दुई फरक भूमिकामा रहेको जानकारी गराएको हो । 
यो चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार गरुड पुराणमा कर्मा २५ वर्षिय तन्नेरी भूमिकामा छन् । यो भूमिका अनुसार उनी प्रेमीको भूमिकामा छन् । यिनै कर्माले यो फिल्ममा ६० वर्षको भूमिका पनि निर्वाह गरेका छन् । तर यो पौढ भूमिकाको बारेमा उनले खुलासा गरेका छैनन् । निर्देशक कोईरालाले यसबारे प्रकाश पारेका हुन् ।  सिनेमामा यो भूमिका निर्वाह गर्न उनलाई निकै गाह्रो परेको थियो । तर दुबै भूमिकामा न्याय गरेको सुवासले बताएका छन् ।
कर्माको दोहोरो भूमिका बारे कोईरालाले भने,‘उनको युवा भूमिका मुख्य हो भने पौढ भूमिका सहायक हो । तर युवा भूमिका निर्वाह गर्न जती सजिलो थियो पौढ भूमिका त्यत्तिकै चुनौतीपूण भए पनि दुबै भूमिकालाई कर्माले सफल बनाएका छन् । ’ 
सुवास कोईरालाले निर्देशन गरेको गरुड पुरुण हास्य प्रधान चलचित्र हो । चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियँका सिंह, कमल देवकोटासहितको अभिनय छ । 
आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।
यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ । 
 


मिस म्याग्दीको उपाधि जितिन हेना छन्त्यालले

मिस म्याग्दीको उपाधि जितिन हेना छन्त्यालले


म्याग्दी, पुस २२ । किंग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पस चोककी हेना खड्का छन्त्यालले जितेकी छिन् । शनिबार बेनीमा भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् ।

बिजेता छन्त्यालले ५० हजार रुपैयाँसहित ताज र प्रमाणपत्र प्राप्त गरिन् । फस्ट रनरअफ कालीपुलकी सोनिया पुन भइन् । किंग क्रियशनका अनुसार सोनियाले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने छिन् ।

३२ प्रतिस्पर्धीहरु मध्ये तीन जना युवा र १२ जना युवती अन्तिम १५ मा छनोट भएका थिए । उपाधि बिजेता छन्त्याल बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा ८ मा अध्ययनरत छिन् । मिस्टर एण्ड मिस म्याग्दीको ताज पहिरिएपछि छन्त्यालले नसोचेको सफलता पाएको र सपनाजस्तो लागेको बताइन् । मोडलिङमा रुचि राख्ने छन्त्यालले आफ्नो कलामार्फत जन्मभूमि र देशलाई चिनाउने किसिमको योगदान गर्ने बताइन् ।

 


‘माछी बस्ने’ बोलको म्युजिक भिडियो सार्वजनिक

‘माछी बस्ने’ बोलको म्युजिक भिडियो सार्वजनिक


काठमाडौं, पुस २० । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ । 
रिपोर्टर्स क्लब नेपालमा ‘मिडिया टप नेपाल’ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन ।
सार्वजनिक गीतको लय÷शब्द रचना माधव भण्डारीको रहेको छ भने स्वर गीतमा गोपाल तिवारी र राधा तिवारीको रहेको छ । 
राजेश तिमिल्सीनाको निर्देशन र प्रकाश धमलाले सम्पादन गरेका म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । रामजि खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ । भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन् । 
कार्यक्रममा बोल्दै गायक तिवारीले आफूले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताएका छन् । करिव १० बर्ष पहिले ‘आए दिदि’ बोलको तीज भाकाबाट चर्चीत बनेका गायक तिवारीले दर्जनौं गीतहरुमा आवाज दिइसकेका छन् । 
कार्यक्रममा गीतका रचनाकार माधव भण्डारीले अहिलेको परिवेश सुहाउँदो भाका रहेका कारण पनि यो गीत सबैको मनमा बस्न सफल हुने बिश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीकी अध्यक्ष तथा गीतकी गायिका तिवारी, हिमालयन ईन्टरनेश्नलका अध्यक्ष सविन घिसिङ, नेपाली राष्ट्रिय बाजा सारङ्गीका वरिष्ठ सर्जक खड्क गन्धर्व लगायतले गीतको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।  
 


 ‘सय कडा दश’को ट्रेलर रिलिज

‘सय कडा दश’को ट्रेलर रिलिज


काठमाडौं, पुस १६ । माघ १८ गते रिलिज हुने सिनेमा ‘सय कडा दश’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

मनोज गजुरेल, राजाराम पौडेल, रश्मी भट्ट, अमृत ढुगांना, करुणा श्रेष्ठ, सोनिया राई, उसव न्यौपाने, अमित पोखरेल, रवि डंगोलआदि कलाकारले अभिनय गरेका छन् । फिल्ममा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोको संगीत, रामश्वर कार्कीको छायांकन, दीलिप ओखेडाको कोरियोग्राफी, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । ट्रेलरले सिनेमा भ्रष्टाचार पारिवारिक कथामा बनेको देखाएको छ ।

सिनेमामा ’प्रेमगीत २’ फेम रामशरण पाठकको लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा मनोज गजुरेल र राजाराम पौडेलको मुख्य भूमिका रहेको छ । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । कमेडियनसमेत रहेका गजुरेलको यो डेब्यु फिल्म हो ।

 


बर्मेली फिल्महलमा ‘शत्रु गते’

बर्मेली फिल्महलमा ‘शत्रु गते’


काठमाडौं, पुस १५ । त्रिशुल इभेन्टस् इन्टरनेशनलले शुक्रबार राति यांगुनस्थित जेसिजीभी हलमा नेपाली फिल्म ‘शत्रु गते’ प्रदर्शन गरेको छ । तीन सयभन्दा धेरै नेपालीभाषी बर्मेलीले फिल्म हलमा पुगेर पहिलोपटक नेपाली भाषाको चलचित्र ‘शत्रु गते’ हेरेका छन् ।

त्रिशुल इभेन्टस् इन्टरनेशनले चार सय सिट क्षमताको हलमा तीन सय २५ भन्दा बढीले फिल्म हेरेको जानकारी दिएको छ । एक लाखभन्दा धेरै नेपालीभाषी रहेको बर्मामा २२ वर्ष अगाडि नेपाली फिल्म ‘चाहना’ प्रदर्शन गरिएको थियो । यांगुन शहरको सबैभन्दा राम्रो मानिने जेसिजीभी सिनेमा घरमा ‘शत्रु गते’ हेर्न पुगेका नेपालीभाषी निकै उत्साही देखिन्थे ।

फिल्म बितरक त्रिशुल इभेन्टसका प्रमुख कार्यकारी अधिकृत विकास भट्टराईका अनुसार पुस महिना भित्रै यांगुन बाहिर नेपालीहरुको मूल बसोवास रहेको मान्डले, टाउन्जी, मेचिना, पिउँले र मोगोक शहरका सिनेमा हलमा पनि शत्रु गत गरिने जनाएका छन् । मह सञ्चारले निर्माण गरेको ‘शत्रु गते’ को बर्मा प्रदर्शनको उद्घाटन म्यानमारका लागि नेपाली राजदूत भीम उदासले गरेका थिए । कार्यक्रममा राजदूत उदासले नेपालको प्राकृतिक सौन्दर्य फिल्म निर्माणको लागि उत्कृष्ट गन्तव्य हो भन्दै बर्माका चलचित्रकर्मीलाई  नेपालमा चलचित्र छायाङ्कनका लागि निमन्त्रणा समेत गरे ।

 


को हुन् ‘बुलबुल’का चोपेन्द्र ?

को हुन् ‘बुलबुल’का चोपेन्द्र ?


काठमाडौं, पुस ११ । चलचित्र ‘बुलबुल’ स्वस्तिमा खडकाका कारण घोषणा देखि नै चर्चामा छ । मेनस्ट्रिमका फिल्ममा दह्रो पाइला टेक्दै गरेकी स्वस्तिमा ‘बुलबुल’मा टेम्पो ड्राइभरको भूमिकामा छिन् त्यो पनि दुरुस्त गेटअपमा । फिल्म पारखीलाई स्वस्तिमाको यही लगावले प्रभावित गरेको छ । तर, गीत र फिल्मको टिजर सार्वजनिक भएसँगै फिल्मका अर्का कलाकार मुकुन भुषालले पनि धेरैको ध्यान तानेका छन् । केही दिनअघि सार्वजनिक छोटो टिजरमा पनि मुकुनको अभिनयले धेरैमा कौतुहलता जगाएको छ । टिजर मार्फत चोपेन्द्र नामक पात्रको भूमिकामा देखिएका नायक मुकुन भुषाल र उनले बोलेको संवादको  चर्चा युट्युव लगायत सामाजिक सञ्जालमा हुन थालेको छ । 
मुकुन भुषाल चलचित्रको लागि बिलकुल नयाँ अनुहार हुन् । उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो,नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए ।  उनले अध्ययनका क्रममा दर्जनौं छोटा चलचित्रमा अभिनय गरेपनि ठूलो पर्दाको चलचित्र भने ‘बुलबुल’नै पहिलो हो । 
‘बुलबुल’को गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा उम्दा कलाकारको प्रवेश भएको मान्छन् निर्देशक विनोद पौडेल । उनले मुकुनले चोपेन्द्रलाई आफूले कल्पे जसरी नै उतारेको बताए । 
‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने, ‘ मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’
निर्देशक पौडेलको दाबीमा कति सत्यता छ त्यो हेर्न त फागुन ३ गते नै कुर्नुपर्नेछ । तर, अहिलेलाई भने यत्ति भन्न सकिन्छ, टिजरबाटै मुकुनले राम्रो सम्भावना भने देखाएका छन् ।


‘हावा सरर’ भन्दै ‘आप्पा’मा नाचे दयाहाङ

‘हावा सरर’ भन्दै ‘आप्पा’मा नाचे दयाहाङ


काठमाडौं, पुस १० । ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । रिलिज गरिएको गीतमा मुख्य पात्र दयाहाङ राईलाई देख्न सकिन्छ ।
गीत नेपाल र भारतको बोर्डर सन्दकफुमा छायाँकन गरिएको छ । आगामी वर्ष जेठ २४ मा प्रदर्शन गरिने उक्त चलचित्रको निर्देशन अनमोल गुरूङले गरेका छन् । सार्वजनिक गीतमा निर्देशक गुरुङको संगीत, उमेश उपमाको शब्द रहेको छ भने स्वरमा थुप्देन भुटिया र स्नेहाश्री थापा छन् । बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमा अनमोलको निर्देशकीय डेब्यु सिनेमा हो । चलचित्र माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको छ । चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।
सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको समेत मुख्य भूमिका रहेको छ । ‘आप्पा’मा निर्देशक गुरुङको कथा रहेको छ भने गुरूङले पटकथा तथा संवादका लागि भने उमेश उपमासँग सहकार्य गरेका छ्न् । त्यस्तै सिनेमामा शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत रहेको छ भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

 


फिल्म नचल्दै ‘जय श्री दाम’ युट्युबमा सार्वजनिक

फिल्म नचल्दै ‘जय श्री दाम’ युट्युबमा सार्वजनिक


काठमाडौं, पुस १० । चलचित्र प्रदर्शनमा  ट्रेलर र गीत बाहेक निर्माण युनिटले पूर्व अन्य कन्टेन्ट गोप्य राख्ने गर्दछन् । सोमबार दरबारमार्गस्थित क्यूज चलचित्र भवनमा आयोजित एक कार्यक्रममा युनिटले ‘जय श्री दाम’को पहिलो चरणको १५ मिनेट दृश्य देखाएको हो ।

पुस २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय श्री दाम’ फिल्म नचल्दै १५ मिनेट युट्युबमा सार्वजनिक गरेको छ । दर्शकलाई सुरुवातकै १५ मिनेटको दृश्य मन परेको खण्डमा हलमा आउने भएकोले आफूहरुले १५ मिनेट चलचित्र सार्वजनिक गरेको निर्देशक विप्लप उप्रेतीले बताए । चलचित्रको सुरुवाती १५ मिनेटको उक्त दृश्य युट्युवबाट समेत सार्वजनिक गरिएको छ । ‘यो हाम्रो नयाँ प्रयोग हो’ उप्रेतीले भने, ‘सबैले एकै किसिमले प्रचार गर्नुपर्छ भन्ने छैन ।’

अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, जेबिका कार्की, विष्णु सापकोटालगायतका कलाकारको मुख्य भूमिका रहेको सो चलचित्रले पैसाका लागि हुने संघर्ष कथा कमेडी शैलीमा प्रस्तुत गरेको छ । अहिले बजारमा आएका कमेडीभन्दा फरक कमेडी चलचित्रमा देख्न सकिने  पृथ्वी उप्रेतीले बताएका छन् । पृथ्वी र मनोज उप्रेती कार्यकारी निर्माता रहेको उक्त चलचित्रमा सुशान्त गौतमको संगीत, मित्र डी गुरुङको सम्पादन, विप्लप उप्रेती र अमरदिप सापकोटाको पटकथा, नवराज उप्रेतीको छायांकन रहेको छ ।  

 

 


‘गरूड पुराण’को ट्रेलर सार्वजनिक

‘गरूड पुराण’को ट्रेलर सार्वजनिक


काठमाडौं, पुस ९ । ‘गरुड पुराण’ चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

अजित फिल्मस्को प्रस्तुति र अशोक गौतम फिल्मस् ब्यानरको संयुक्त निर्माण रहेको उक्त चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय रहेको छ ।

सुभाष कोइरालाको निर्देशन रहेको चलचित्रको कथा कसम नेपालले लेखेका हुन् । सिनेमाको पटकथा निर्देशक कोइरालासहित बिनोद खतिवडा र आकाश बरालले लेखेका हुन् । सिनेमा माघ ४ गते रिलिज हुँदैछ ।