17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


म चोर हुँ

म चोर हुँ

भदौ १२, २०७४

गणेश चतुर्थीमा कतिले चौथी खेल्ने, चोर्ने वा बिगो गर्ने योजना बनाइरहेका बेला मचाहिँ एउटा कन्फेसन वा स्वीकारोक्ति गर्न चाहन्छु । म विभिन्न चरित्र मिसिएर बनेको मानव हुँ । म भन्न नमिल्ने धेरै नराम्रा गुणले भरिएको छु, तसर्थ म चोर पनि हुँ । 

हरेक पेसाका विधाहरू छुट्टिएझैँ चोरी पेसाका पनि भिन्नभिन्न हाँगाबिँगा छन् । ती हाँगामध्ये मेरो चोरीविधा क्लेप्टोमेनिया वर्गअन्तर्गत पर्छ । हो, यो त्यही चोरी रोग हो जुन रोगबाट ब्रेकिङ ब्याड सेरिजकी स्काइलरकी बहिनी वा लागूऔषध नियन्त्रणका पोलिस अफिसर ह्यान्क स्रेडरकी पत्नी म्यारी पनि पीडित थिइन् । 

म बिब्लियोफाइल हुँ र म किताब चोर्न औधी मन पराउँछु । मैले आजसम्म किताबबाहेक अरू केही चोरेको पनि छैन । मलाई किताब पढ्नभन्दा चोर्न निकै मज्जा लाग्छ । चोर्नु एक अद्भुत कला हो, पढ्नु होइन । चोरेर पढेका किताब बढी चाखलाग्दा हुन्छन् र यो एउटै पुस्तकमा पनि लागू हुने कुरा हो । कोर्सबुकबाहेक मैले जीवनमा अहिलेसम्म पढेका पुस्तकमध्ये करिब ८० प्रतिशत चोरेरै पढेँको हुँ । कुनै समयमा मलाई साहित्यिक पुस्तक यति अध्ययन गर्नुपथ्र्यो कि किनेर र मागेर मात्र साध्यै नचल्ने । आईओएम होस्टलमा बस्दा कुर्जी उपनामले चिनिने र किताब किन्नमा सौखिन उमेश भुसाल त मलाई देख्नेबित्तिक्कै किताब माग्छ भनेर तर्सिदै भाग्थे । अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् भनेझै म पनि आफ्ना रुचिका पुस्तक खोजी–खोजी चोरेर बटुल्थेँ । 

हुन त साहित्यिक पुस्तकहरू धेरैजसोका लागि हातका मैलाजस्ता हुन् । कहीं लामो यात्रा वा भ्याकेसनमा उनीहरू ती पुस्तक किन्छन् । तोकिएको अवधिमा मुस्किलले पढेर भ्याउँछन् र पढिसकेका ती पुस्तक कसै न कसै गरी उनीहरूको हातबाट फुत्किएकै हुन्छ । एकपटक पढिसकेको भनेपछि उनीहरूलाई ती पुस्तकमा त्यति दिलचस्पी नहुनुले कुनै अवसरको माध्यमबाट कसैगरी ती पुस्तक सजिलै यात्रा गर्दै मजस्ता क्लेप्टोमेनियाकको गोप्य आल्मारीमा आइपुगिहाल्छन् । यहाँ चोर्नु बाध्यता पनि हो र नशा पनि ।
मिल्ने साथीको स्टडी टेबलमा मन परेको पुस्तक हुँदाहुँदै बुकसपमा खल्ती रित्याउन जाने कुरा भएन । फ्याट्ट मागाँै, पैसो परेको चीज उसले दिन जरुर आनाकानी गर्छ । कि पढिसकेको छैन भन्छ, कि धीत मरेको छैन दोहोर्‍याएर पढ्छु भन्छ कि भाइको साथीको वा मामाको छोरीको भनेर टार्छ । मेरो पुस्तक प्यास यस्ता झिना–मसिना बहानाले टर्दैन । सोधेर उसले नदिने अनि केही दिनमै उसको त्यही किताब हराउने भयो भने आशंका सीधै ममाथि उब्जिने वातावरण सिर्जना गर्नुभन्दा आँखा छलेर स्वाट्ट ब्यागमा घुसार्‍यो टन्टै साफ । 

किताब चोर्ने नशाले मान्छेलाई कहाँ–कहाँ पुर्‍याउँछ ? मनले चाहेको पुस्तक त बरु किनेरै पढ्न सकिएला, तर आँखाले जे देख्यो त्यही पढ्नुपर्ने मानसिकतालाई सकेजति र भ्याएजति चोरेरै पनि किताबरूपी खुराक नपुग्ने । एकपटक आरएनएसीका अगाडि खुला फुटपाथमा राखिएको एउटा पुस्तक सुटुक्क सर्टमुनि हालेर हतारहतार महाराजगन्ज जाने टेम्पो चढ्न लाग्दा ढोकैबाट पछाडि कठालो समातेर पसलेले तानेको लज्जास्पद समय पनि छ मसँग । घरमा पहिलेदेखि नै तीन थान डिक्सनरी भए पनि कहीँ–कतै म्यारियम वेब्स्टर देखे खुस्काउन मन लागिहाल्ने । नव युवा र अन्तर्राष्ट्रिय मञ्च त चोरेरै खाटमुनि कति चाङ बनाएँ हिसाब छैन ।

चोरेका किताब पढ्न त मजा हुने भैहाले, थुपारेर राख्न अझ बेग्लै मज्जा । ब्ल्याक मनीजस्तै यी पुस्तक प्राय: लुकाएरै राख्नुपर्ने हुन्छ । खुला स्थानमा राखे फेरि जुनसुकै समय असली हकदार टुप्लुक्क आएर घाँटी निचोर्न बेर लाउँदैन, तर किताब चोरी केसमा त्यस्तो सांघातिक हमलाको सम्भावना शून्यप्राय हुन्छ । पुलिस उजुरी र जेल सजाय पनि हुँदैन । त्यसैले डेट एक्स्पायर हुने बेला बरोइङ कार्डबाट त भन्नै परेन, स्टडी कार्डबाट पनि किताब घर लगेर फिर्ता नल्याउने चलन थियो मेरो । मैले काठमाडौंका नामुद लाइब्रेरीहरूबाट नामी–नामी पुस्तक झ्याप पारेको छु । अहिले त पढ्ने फुर्सद पनि हुँदैन र साँचै भनौं भने चोर्ने आँट पनि आउँदैन, तर सुन्छु धेरै लाइब्रेरीमा हिजोआज सिसी टीभी राखेर निकै कडाइसमेत गरिएको छ । यो सुधार कुनै जमानामा मजस्ता चोर नभैदिएको भए सम्भव हुँदैनथ्यो, तसर्थ चोर भनेको प्रणालीमा निरन्तर सुधार आवश्यक छ भनेर घचघच्याइरहने सुधारतत्व पनि हो । 

चोरको अस्तित्व छ र त मान्छे यति धेरै सतर्क छन् । सतर्क र सजग हुनु मानिसका लागि हरेक हिसाबले राम्रो हो । चोर नभैदिएको भए ताल्चा–साँचो, झ्याल–ढोका, दराज, चुकुल र पास्कोड प्रोभाइडरको ब्यवसाय कहाँ पुग्थ्यो ? सबै चोरी आर्थिक फाइदाका लागि मात्र गरिँदैनन् । एउटा चोरी सफल पार्न चोरले कति धेरै धैर्यता, अध्ययन र लगाव दिएको हुन्छ, कल्पना गर्नसम्म सकिँदैन । सरोकारवाला कसैलाई पनि चालै नदिई टार्गेटलाई आफ्नो स्वामित्वमा ल्याउन सक्नु कम्ता चुनौतीपूर्ण हुँदैन ।

चोरहरू चोरेरै जिउँछन् र चोरिसकेर सज्जनको समाजमा सहजै घुल्छन् । पुलिस र न्याय जबसम्म रहिरहन्छ चोरको अस्तित्व पनि कायमै रहन्छ । किनभने चोर जति नै समातिए पनि त्योभन्दा बढी चोर नसमातिएरै जिउँछन् । एउटा कुख्यात चोरको जीवनको बढी क्षण खुला आकाशमुनि समाजबीचमै व्यतीत हुन्छ । किताब र धनसम्पत्ति मात्र किन ? परीक्षा हलमा चिट चोर्ने पनि चोर हो, बस स्टेसनमा सुन्दरीको नजर चोर्ने पनि चोर हो, मोटरसाइकल पुछ्ने टालो चोर्ने पनि चोर हो, तारे होटलको रेस्टरुमबाट ट्वाइलेट पेपर वा स्याम्पुको स्यासे चोर्ने पनि चोर हो, सुटुक्क टोरेन्टबाट फाइल डाउनलोड गर्ने पनि चोरै हो । यसरी धेरै चोर सज्जनको हूलमा सज्जनकै नाटक गरेर हिँडिरहेका हुन्छन् ।  



 


बियरका फाइदा

बियरका फाइदा

भदौ १२, २०७४

बियर आनन्दका लागि सेवन गरिने पेय पदार्थ हो । बियर सेवनलाई नेपालमा अझै पनि राम्रो मानिँदैन् । यद्यपि बियरका कैयौं फाइदा पनि छन् । 

 

  केही समयअघि गरिएको एक अध्ययनले बियरले शरीरमा औषधिजस्तै प्रभावकारी काम गर्ने देखाएको थियो । बेलायतको ग्रिनबीच विश्वविद्यालयले गरेको उक्त अध्ययनपछि बियर पिउँदा शरीरको पीडा कम हुने र यो पेनकिलरभन्दा पनि प्रभावकारी भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । 

 

 बियर दूध र जुसजत्तिकै प्राकृतिक हो । यसमा कुनै मिसावट हुँदैन र यो पाउरोटी बनाउने प्रक्रियाबाट बन्छ । सीमित मात्रामा बियर पिउँदा क्यान्सर तथा हृदयाघातबाट जोगिन सकिन्छ । 

 

 एक महिलाका लागि दिनमा एक ग्लास तथा पुरुषका लागि दुई ग्लास बियर सामान्य मानिन्छ । यतिमा सीमित रहन सकेस् वास्थ्यका दृष्टिले एक होइन अनेकौं फाइदा छन् । 

 

 बियरमा सिलिकन हुने भएकाले यसले हड्डी मजबुत बनाउँछ । सन् २००९ मा तुफ्त विश्वविद्यालयले गरेको एक अनुसन्धानअनुसार कहिलेकाहीँ बियर सेवन गर्नेहरूको हड्डी अपेक्षाकृत रूपमा बलियो पाइएको थियो । 

 

 एक अर्को अनुसन्धानअनुसार सन्तुलित मात्रामा बियर सेवन गर्दा मिर्गौलामा पत्थरीको सम्भावना कम हुन्छ । 

 

 इटली फाउन्डेसनको डी रिसेरिया इ क्युरा नामक संस्थाले गरेको एक अनुसन्धान भन्छ— सन्तुलित मात्रामा बियर सेवन गर्दा अन्य साधारण मानिसको तुलनामा ३१ प्रतिशत कम मस्तिष्कसम्बन्धी रोग लाग्छ । 

 

 बियरमा फाइबरको मात्रा बढी हुने भएकाले यसले पेटलाई स्वस्थ राख्न मद्दत गर्छ । 

 


लखपति भिखारी

लखपति भिखारी


दैनिक मागेर गुजरा चलाउने भिखारीसँग कति पैसा हुन्छ ? सहजै अनुमान लगाउन सकिन्छ, घर खर्च चलाउनसम्म धौधौ पर्ला, तर विराटनगरमा एक जना भिखारीको घरमा ३ लाख रुपैयाँभन्दा बढी माटोमा गाडेको अवस्थामा फेला परेको छ । विराटनगरको काली मन्दिर, विराटेश्वर मन्दिर, सरस्वती मन्दिर तथा शनि मन्दिरमा सिजनअनुसार भीख माग्दै हिंड्ने ६५ वर्षीय महेश मण्डल त बास्तवमा लखपति रहेछन् । 
२०६९ साल जेठमा विराटनगरमा भिखारीलाई न्यूनतम ५ रुपैयाँ दिनुपर्ने भन्दै आन्दोलन गरेको विषय राम्रै ठट्टाको विषय भएको थियो । त्यही आन्दोलनका नेतृत्वकर्ता मण्डलको घर १० दिनअघि विराटनगरको सिंघिया खोलामा आएको बाढीले भत्काइदियो । मण्डलको भत्किएको घर पन्छाउने क्रममा माटोमुनि गाडिएको अवस्थामा ३ लाख ७ हजार ४ सय २६ नेपाली रुपैयाँ तथा ६ हजार २ सय ४ भारतीय रुपैयाँ फेला परेको हो । 

घर भत्किएको एक हप्तासम्म राहत तथा उद्धारमा आउनेहरूलाई घरमा छिर्न नदिएका मण्डलले नेपाली सेनासहितको टोलीलाई भने सामान हटाउने अनुमति दिए । उनले घरमा कसैलाई पस्न नदिनुको रहस्य गाडिएको रकम नै थियो । सेनाको टोलीले पैसाको सुरक्षा आफूले गरिदिने बताएपछि उनले घरको सामान हटाउन मन्जुरी दिएको बताइन्छ । 

‘मेरो पैसा स्थानीय प्रशासनले लगेको छ,’ मण्डलले भने, ‘अब बैंकमा राखिदिने रे, मेरो पैसा कहीं हराउँदैन ।’ मण्डलले आफ्नो नागरिकता नभएको भन्दै पटक–पटक दुखेसो गरे । भारतको दरभंगाबाट झन्डै ४० वर्षअघि नेपाल आएका महेश होटलमा मागेर खान्थे । शारीरिक रूपमा अशक्त उनी विस्तारै मन्दिरअगाडि भीख माग्न थाले । भीख मागेरै आफू र आफ्नी श्रीमती पालिँदै आएको बताउने मण्डल ह्विल चियरमा हिंड्छन् । मण्डल बसोबास गरेको घरमा पुग्दा बिहानै उनी भीख माग्न हिंडिसकेको उनकी श्रीमतीले बताइन् । छिमेकीका अनुसार मण्डल सिजनअनुसार विराटनगरका हरेक मन्दिरमा भीख माग्न जान्छन् । 

पैसा समितिको खातामा जम्मा 
भिखारी मण्डलको घरबाट प्राप्त रकम उक्त वडाका अध्यक्ष मधुबाबु तिवारी, उद्धारमा खटिएका नेपाली सेना तथा स्थानीय युवा समूहको रोहबरमा टोल विकास समितिको खातामा जम्मा गर्ने सहमति भएको छ । 

भिखारी मण्डलकै जिम्मामा दिँदा पैसा लुटिने र असुरक्षा हुने भएकाले टोल विकास समितिको खातामा पैसा जम्मा गरी आवश्यकताअनुसार उनलाई फिर्ता दिने सहमति भएको वडा अध्यक्ष तिवारीले जानकारी दिए । नेपाली सेनाले भेट्टाएको उक्त रकम वडा अध्यक्ष तिवारीको जिम्मा लगाइएको थियो । तिवारीले भने जिल्ला प्रहरी कार्यालयलाई पैसा राख्न दिएको बताए । घरभित्र माटोमुनि खाल्डो खनेर पैसा लुकाउने मण्डल भिखारी संघका अध्यक्ष हुन् । 

भारतमा करोडपति भिखारी, नेपालमा लखपति 
भारतका कतिपय भिखारी करोडपति भएको समाचार त्यहाँका संचारमाध्यमले बेला–बेलामा सार्वजनिक गर्दै आएका छन् । भारत पटनाका पप्पु करोडपति भिखारी हुन् । उनी पटनाको रेल्वे स्टेसनमा मागेरै करोडपति बनेका हुन् । यस्तै भारतको मुम्बईका अमीर पनि लखपति भिखारी हुन् । उनी दिनको ८ देखि १० घण्टा शिवाजी टर्मिनलमा भीख माग्छन् । अमीरले दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म कमाउने भरतीय सञ्चारमाध्यमहरूले खुलसा गरेका थिए ।

 


नायिका स्वस्तिमा खड्का केहि तथ्य

नायिका स्वस्तिमा खड्का केहि तथ्य

भदौ १२, २०७४

स्वस्तिमा खड्का, अभिनेत्री  

जन्म मिति : जुलाई ४ 

जन्म स्थान : काठमाडौं

एसएलसी : सैनिक आवासीय महाविद्यालय, भक्तपुर 

उचाइ : ५ फिट ६ इन्च

शिक्षा : आर्किटेक्ट इन्जिनियरिङ अध्ययनरत, थापाथली इन्जिनियरिङ क्याम्पस 

पहिलो प्रतियोगिता : मिस टिन–२०१३ (उत्कृष्ट ५) 

पहिलो चलचित्र : होस्टल रिटन्र्स 

पहिलो म्युजिक भिडियो : मधुरो रात (सिने गुरुङ)

पहिलो लोकप्रियता : चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतमा गरिएको नृत्य 

प्रदर्शन हुन बाँकी चलचित्र : छक्का पञ्जा–२

लक्ष्य : सफल कलाकार बन्ने 

पहिलो सफलता : चलचित्र होस्टल रिटन्र्स 

श्रीमान् : निर्देशक निश्चल बस्नेत 

पहिरन : क्याजुअल 

पहिलो एवार्ड : चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री । 



\


हिउँको धुन मञ्चन

हिउँको धुन मञ्चन

भदौ १२, २०७४

ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक ‘हिउँको धुन’ मञ्चन भएको छ । बत्तिस पुतलीस्थित शिल्पी थिएटरमा नाटक मञ्चन भएको हो । नाटकमा मा ओलिभर धनाध्य परिवारको एक्लो छोरो हुन्छ ।  उ राम्रो र प्रतिष्ठित वकिल भएकाले सबैको प्रिय  रहेको हुन्छ । सेरोइन र ओलिभर नजिकका साथी हुन्छन् जो एक अर्काको कुरा गर्न हिचकिचाउदैनन् ।

सेइरोन बालमन्दिरमा काम गर्छिन् भने त्यहि नताली नाम गरेकी बालिका  पनि  बस्छे । बाउ आमा नभएकी टुहुरी नतालीलाई सेइरोनले आमा जस्तै  गरेर राखेकी हुन्छे भने नतालीले भने सेइरोनलाई जुत्ता सिलाउने  दिदी भन्दिन्छे । नतालीलाई  मुटुको समस्या भएकोले ब्लड फेरिरहनु पर्ने हुन्छ । तर अकस्मात ब्लड बैकमा उसलाई मिल्ने ब्लड नपाए पछि सेइरोनले आलिभरलाई अदालत बाहिर कुरेर बस्छे । ओलिभर बाहिर आए पछि नतालीलाई ब्लड नभेटेको कुरा गर्छे । नतालीको आफ्नो बाबा नभएकाले गर्दा ओभिरलाई बाबा भनेर अगाालो मारिदिन्छे । ओलीभरलाई नतालीले बाबा भन्छु है नम्र स्वरमा भन्दा दर्शकहरु भावुक बनेका थिए । ओलिभरले अतालीलाई छोरी भन्छु भने पछि नताली खुशी देखिन्छे । 

सेइरन बाटोमा हिडिरहेका बेला ओलिभरकी मृत्यु भईसकेकी जेन जस्तै अनुहार गरेकी केटीलाई बाटोमा देख्छे र घिस्यााउदै घरमा ल्याउछे । जेन त मरेकी होइन ,ओलिभर तालाई गााडेको ठाँउमा गएको छ । यो भन्दा रेइचल अक्कनबक्क हुन्थे ।  म जेन होईन म रेइचल हो  भनेर पटक पटक भन्दा नी पत्यादिन । ओलिभर र जेनको प्रेम कथा सुनाए पछि रेइचल र ओलिभरको विस्तारै प्रेम पर्न थाल्छ । उता  नतालीलाई मुटुको डोनर नपाए पछि ओलिभरले मुटु दिन तयार भएको थाहा पाए पछि रेइचल धेरै रुन्छे । मुटु नतालीलाई दिदैछ भन्ने कुरा ओभिरका बुवालाई समेत थाहा दिएको हुदैन । अन्तत कथाले फरक मोड लिन्छ, ओलिभरले नतालीलाई मुटु दिने दिन बाबालाई इमेर्जेन्सी छ, हस्पिटल आउनु है  बाबा भनेर बोलाउँछ । यसो भनिरहदा दर्शकका आँखा रसाएका देखिन्थे ।

आफ्नो निर्णय तैले आफै गरिस मलाई एक बचन सोध्नु  पर्दैन छोरा भनेर आलिभरलाई बाबाले सोध्दा ,आलिभरको जवाफ मैले छोरी नतालीलाई बचाउनु छ बाबा, मैले जेनलाई  घुमाइसके अव नतालीलाई गुमाउन चाहान्न तर्क दिन्छन् । तिमी  पनि त मेरो छोरो हौ , त्यसैले मेरो छोरो गुमाउन चाहान्न भन्दा नाटक हलमा निकै हुटिङ बर्सियो । 
यस नाटकले आफ्नोपन र अनाथबालबालिको मनोविज्ञान कस्तो हुन्छ भन्ने प्रस्ट पारेको छ ।

निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भुमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानेको अभिनय निकै तारिफ योग्या थियो । नाटकलाई प्रदिप खड्गी ( पासा) ले निर्देशन गरेका हुन् । हेमन तण्डुकार,दिपिका थापा, प्रदिप नेपाल, सवनम चौधरी, अर्जुन बोहोरा,सुरज सुवेदी (भाइजन), विनोद पौडेल, आयन बिष्ट, अनिषा कोइराला, सुसान्त तामाङ, विजय साप्कोटा ,अंकीत सुनार,शुरेन्द्र कटुवालको अभिनय रहेको छ । नाटकलाई संगीत तथा स्वर राजन थापाले दिएका छन् ।  नाटकलाई प्रविण खड्गीले लेखेका हुन् । 



 


प्रियंका कार्कीसँग ‘आई एम सरी’ भन्दै सौगात

प्रियंका कार्कीसँग ‘आई एम सरी’ भन्दै सौगात

भदौ १२, २०७४

निकेश खड्का निर्देशित फिल्म ‘फाटेको जुत्ता’ को हालै सार्वजनिक गीतमा अभिनेता सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । जसमा सौगातले प्रियंकासाग माफी माग्ने मुडमा फकाइरहेका छन् । ‘आई एम सरी...’ बोलको उक्त गीतलाई प्रवेश मलिकले लेखेका हुन् भने संगीत र गायन पनि मलिककै हो ।

तराई पृष्ठभूमिमा निरज काडेलले खिचेको उक्त गीतको कोरियोग्राफी राजीव समरले गरेका हुन् । अर्जुन कुमारले निर्माण गरेको ‘फाटेको जुत्ता’ मा सौगात र प्रियंकासहित कामेश्वर चौरासिया, रवीन्द्र झा, अनुज पाण्डे र विशेष भूमिकामा दयाहाङ राई रहेका छन् । निरोज महर्जनको पटकथा लेखन रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्म कात्तिक १७ मा रिलिज गरिने बताइएको छ ।


दशैंमा परदेशीको पीडा

दशैंमा परदेशीको पीडा

भदौ १२, २०७४

भाद्र १२, २०७४- 
नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वारमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ ।

सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो ।

‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जना गरेका हुन् ।

गीको म्युजिक भिडियोमा भने कुमार केसीको निर्देशनमा नायिका तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतमले अभिनय गरेका छन् । रन्जिता र महेन्द्रलाई बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् ।

गीतमा आफू मुग्लानमा हुँदा पाएको दु:ख, मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा प्रस्तुत गरिएको छ । 


मिस टिनका लागि ३० सुन्दरी छानिए

मिस टिनका लागि ३० सुन्दरी छानिए

भदौ १२, २०७४

भाद्र १२, २०७४- 
काठमाडौं जेसिसले सन् २०१७ का लागि आयोजना गर्ने मिस टिनको १५ औं संस्करणको दोस्रो अडिसनबाट ३० जना प्रतिस्पर्धि छानिएका छन् ।

दोस्रो अडिसनमा ४५ जना सहभागी थिए । प्रथम चरणको अडिसनमा सहभागी ७३ युवतीमध्येबाट उनीहरु छानिएका थिए । दोस्रो चरणमा छानिएकाहरु अब प्रशिक्षणमा सहभागी हुनेछन् ।
काठमाडौं जेसिसले १६ देखी १९ बर्षका युवतीहरुको लुकेर रहेको प्रतिभा प्रस्फुटन गराई महिला सशक्तिकरण गर्न प्रत्येक बर्ष मिस टिन प्रतियोगिता गर्दै आएको छ ।

पहिलो अडीसनमा काठमाडौं जेसिसका बर्ष २०१७ का अध्यक्ष दिपक भण्डारी , कार्यकारी उपाध्यक्ष ईनु थापा, पुर्वअध्यक्षहरु ईन्द्ररत्न बज्राचार्य, रत्नकाजी श्रेष्ठ, सेनेटर मनोजकुमार श्रेष्ठ , मिस टिन नेपाल २०१६ की बिजेता जस्मिन खड्का , मिस टिन २०१५ की उपविजेता तथा राष्ट्रिय तेक्वान्डो खेलाडी रोजी गिरी, नृत्य संयोजक स्वजन रघुबंशी, कलाकार मन्चिन शाक्यसहितको निर्णायक मण्डलले सहभागी युवतीहरुको अडीसन लिएका थिए ।

सहभागीमध्येबाट छानिएका ३० जना उत्कृष्ट प्रतियोगीलाई तालिममा सहभागी गराईने काठमाडौं जेसिज मिस टिन नेपालकी कन्सर्न कार्यकारी उपाध्यक्ष ईनु थापाले जानकारी दिइन् ।

काठमाडौं जेसिजले १९९४ मा मिस नेपाल गरेपछि मिस नेपाल पछिको दोस्रो ठूलो सुन्दरी प्रतियोगिताको रूपमा रहेको मिस टिन नेपाल गर्दै आएको छ । यसमा मिस धरान, मिस हेटौंडा, मिस पोखरा र मिस पूर्वाञ्चलले सोझै सहभागी हुन पाउने जानकारी अध्यक्ष दीपक भण्डारीले दिए ।

यस बर्षको इन्चाईन्टर मिस टिन नेपाल २०१७ लाई फ्रान्सबाट उत्पादि ब्युटी प्रोडक्ट ईन्चाईन्टरले प्रायोजन गरेको छ । सहप्रायोजकको रुपमा रिलायन्स पेन्ट रहेको कन्सर्न उपाध्यक्ष बिवश कर्मचार्यले बताए । 


 


स्कुटरमा पखेटा

स्कुटरमा पखेटा

भदौ १२, २०७४

भाद्र १२, २०७४- 
यामाहा कम्पनीको ०४ जिइन स्कुटरको डिजाइन रन–वे कन्सेप्टमा आधारित छ । यो स्कुटर आकर्षक र डाइनामिक छ । सामान्यत: स्कुटरको बडीलाई बाहिरी फ्रेमले छोपिन्छ, तर यो अत्याधुनिक स्कुटरका कयौं डिजाइन फरक छन् । यसको फ्रेमलाई सेमी–ट्रान्सपेरेन्ट बाहिरी पार्ट्समा देख्न सकिन्छ । ०४ जिइन रिफाइन्ड डायनमिज्म टेक्निकमा आधारित स्कुटर हो । यामाहाले यो स्कुटरको उत्पादनलाई तीव्रता दिएको छ ।

यो स्कुटरमा रियर पारदर्शी पंखाको एक जोडी पनि हुन्छ । यो साँच्चै पखेटा जसरी मोड्न सकिन्छ । फ्रेमले पखेटालाई मोडेपछि पनि यो स्कुटरको लुक्स आकर्षक देखिन्छ । यसका प्रयोगकर्ता बढीजसो महिला हुने अनुमान गरिएको छ । महिलामैत्री देखिने यो स्कुटर चढ्ने युवती साँच्चिकै परीजस्ती देखिनेछिन्, तर प्रयोगकर्ताले स्कुटरको पखेटाको रंग तथा पहिरनको रंग भने मिलाउनुपर्नेछ ।  

 


हलमा ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’

हलमा ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’

भाद्र ४, २०७४

भाद्र ४, २०७४- शुक्रबारदेखि दुई फरक जानराका फिल्म ‘ग्याङस्टर ब्लुज’ र ‘भुइँमान्छे’ हलमा लागिरहेका छन् । 

एक्सन जानराको ‘ग्याङस्टर ब्लुज’ ले तराईको सीमा क्षेत्रमा हुँदै आएको हत्या, हिंसाजस्ता आपराधिक गतिविधिलाई पस्कन खोजेको छ भने ‘भुइँमान्छे’ मा पोस्टमार्टमलाई पेसा बनाएका एक अधवैंसे व्यक्तिको मस्तिष्कमा चल्ने अन्तर संघर्षलाई मूल कथाका रूपमा देखाउन खोजिएको छ । डेब्यु फिल्म ‘होस्टेल’ बाटै लभस्टोरी फिल्मका लागि चर्चा कमाएका हेमराज बिसीले ‘गाजलु’ पछि दर्शकलाई ‘ग्याङस्टर ब्लुज’ को केही फरक स्वाद पस्किने जमर्को गरेका छन् । 

आशिरमान देशराज जोशी र आना शर्माको मुख्य जोडी रहेको फिल्ममा संयम पुरी, प्रमोद अग्रहरि, अनुपम शर्मा, रोजिशा शाही, नरेश पौडेल लगायतको पनि अभिनय रहेको छ । हेमराजकै पटकथा रहेको बदलाभाव र प्रेमकथा समेटिएको फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । यसअघि न्यौपानेले हेमराजलाई नै लिएर ‘सम्बोधन’ बनाएका थिए ।

आशिरमान र आनाको फयान क्रेजलाई चुनौती दिने गरी आएको ‘भुइँमान्छे’ लाई भने अभिनेता रमेश बुढाथोकी एक्लैले हाँकेका छन् ।

पूर्णत: फिल्म उनकै चरित्र वरिपरि घुमेको छ । जो एमबीबीएस पढ्ने चाहना पूरा हुन नसकेको र त्यसमै सबै जायजेथा र परिवार गुमाउन पुगेको हुन्छ, लास चिर्ने पेसामा बाध्यतावश आबद्ध हुन्छ । समाजबाट टाढा निरस र एक्लो जीवन बिताइरहेको उक्त पात्र आफूभन्दा दोब्बर कम उमेरकी युवतीप्रति आशक्त हुन्छ । युवतीको भूमिकामा सिपोरा गुरुङ अभिनीत छन् । 

नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको ‘भुइँमान्छे’ मा सहिन प्रजापती, रामबाबु रेग्मी, बादल भट्टलगायतको पनि भूमिका रहेको छ । रोहिणी भट्टराईको निर्माण रहेको उक्त फिल्म अलग धारको स्वादमा रमाउने दर्शकका लागि रुचिकर लाग्न सक्छ ।