16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी निधन

सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी निधन


काठमाडौं, ६ मंसिर । बहकिने मनका सञ्चालक महवीर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज बिहान साँढे ५ बजे चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिँदा माईक्रोकोमा सवार विश्वकर्माको निधन भएको हो ।

सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको हो । चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् । पछिल्लो समय  दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

सो दुर्घटनामा परी राप्ती ५ का आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक, र धादिङ रोराङ गापा ५ का कुशल बिसुराल घाइते भएका छन् ।
 


बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको जिप दुर्घटना

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको जिप दुर्घटना


बैतडी, ५ मंसिर । बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। 
मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। 


बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु


काठमाडौं, ४ मंसिर । बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  मतपेटिका खोस्न आएपछि झडप भएको हो । 


भोजपुरमा चुनावी सभा स्थल नजिकै बम विस्फोट

भोजपुरमा चुनावी सभा स्थल नजिकै बम विस्फोट


भोजपुर, ३० कात्तिक । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिँकै बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिकाको तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभा भइरहेको स्थल नजिकै आज बुधबार बम विस्फोट भएको हो । 
विष्फोटमा परि भोजपुरको अरूण गाउँपालिका ४ का सुमन श्रेष्ठ घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको खुट्टामा चोट लागेको र बम उहाँले नै बोकेको शङ्का गरिएको छ । उहाँ विप्लव कार्यकर्ता भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


भक्तपुरमा आगलागीबाट युवतीको मृत्यु

भक्तपुरमा आगलागीबाट युवतीको मृत्यु


भक्तपुर, ३० कात्तिक । भक्तपुरमा आगलागीबाट एक युवतीको ज्यान भएको छ । बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
आगलागीमा आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको छ । मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी हुन् । यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको थियो । उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ । 
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो। 


डोटी भूकम्पः ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख २० हजार दिइने

डोटी भूकम्पः ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख २० हजार दिइने


काठमाडौं, २५ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्प पीडितलाई राहत दिने निर्णय गरेको छ । भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ ।

गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ । प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।

बुधबार गएको ६।६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा सातजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।


कालिकोटमा जीप दुर्घटना, ३ को मृत्यु, ७ जना घाइते

कालिकोटमा जीप दुर्घटना, ३ को मृत्यु, ७ जना घाइते


कालिकोट, २२ कात्तिक ।  कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार खल्लागाड पुल नजिकै दुर्घटनाग्रस्त हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताए ।

उनका अनुसार ७ जना घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनालाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, मुगुका १७ वर्षीय धिरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, मुगु घर भएका गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् भने अन्य एक जनाको नाम खुल्न सकेको छैन । जिप दुर्घटनाको कारण यकिन हुन नसके प्रहरीको अनुमान छ ।


 मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु

मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु


काठमाडौं, १३ कात्तिक । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको छ ।
 


प्रहरी सवार भ्यान दुर्घटनाः चार जनाको मृत्यु 

प्रहरी सवार भ्यान दुर्घटनाः चार जनाको मृत्यु 


काठमाडौं, ५ कात्तिक । बाणगंगा नगरपालिका ३ सिउटीमा सशस्त्र प्रहरीको मिनिट्र वानटेन दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
शुक्रवार साँझ कपिलवस्तुको शिवराज नगरपालिका विसुनपुरमा निर्वाचन सुरक्षा बेस स्थापनाका लागि सुरक्षाकर्मी पुराएर फर्किएको ना १ ग ५५४ नम्बरको भ्यान साइकललाई ठक्कर दिँदै दुर्घटना भएको थियो ।

घटनामा परी दाङ घर भएका सशस्त्र प्रहरी हवलदार रमेश चौधरी, नवलपरासीका सहायक हवलदार रमेश चौधरी र सिपाही जनक चौधरीको मृत्यु भएको हो । घटनामा स्थानीय साइकल यात्री अमर तङनामीको मृत्यु भएको छ ।

यसै गरी दुर्घटनामा सई गोविन्द सुवेदी र प्रेम मल्ल, नेपाल प्रहरीका कुल बहादुर घर्ती समेत घाइते हुनु भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेनले बताए ।

मल्लको टाउकोमा रगत जमेको र घर्तीको आइसियु राखेर उपचार भएको बताइएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा उपचार भइरहेको छ ।


रोकिएन चितुवाको आक्रमण:  बन्दीपुरमा बालिकाको मृत्यु

रोकिएन चितुवाको आक्रमण: बन्दीपुरमा बालिकाको मृत्यु


काठमाडौं, ४ कात्तिक । तनहुँ बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो। बिहान ६ः३० बजेको समयमो चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए।

चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो।  बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन्। पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ।

गत असारमा बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।