18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने

एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने


काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। मन्त्रालयले आइतबार सूचना जारी गरी यस्ता पदार्थ आवश्यक पर्ने भए पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

सरकारले असोज १२ गते तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको थियो। यस्ता पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्रीवितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गर्ने सम्बन्धमा अध्यादेश ल्याइएको हो। त्यससम्बन्धी नियमावली स्वीकृत भई कार्यान्वयनमा आइसकेको मन्त्रालयको सूचनामा उल्लेख छ।

‘अध्यादेशको दफा (५) मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक परिमाणसम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमति दिन सकिने भन्ने व्यवस्था रहेको छ’, सूचनामा लेखिएको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने


निधन भएको व्यक्तिको अपुताली सो व्यक्तिलाई निधन हुनुअघि कसले पालनपोषण गरेको हो भन्ने स्पष्ट नभए उस्तै नाता पर्ने सबैलाई बराबरी भाग लाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो ठहर गरेको हो ।

बारा जिल्ला कलैया नगरपालिका बस्ने जैनव अन्सारी र सोही जिल्लाको साविक वसन्तपुर गाउँ विकास समिति बस्ने मनोरमा अन्सारीबीच बाबुआमाको अपुतालीको सम्पत्ति कसले पाउने भन्ने सम्बन्धमा परेको मुद्दामा अदालतले यस्तो ठहर गरेको हो । दुवै दिदीबहिनीबीच बाबुआमालाई आफूले पालनपोषण गरेको उल्लेख गर्दै अपुतालीबाट प्राप्त भएको सम्पत्ति आफूले मात्र पाउनुपर्ने भन्दै विवाद भएको थियो ।

अपुतालीमा विवाद भएपछि मनोरमाले अपुतालीमा आफ्नो हक लाग्ने भन्दै बारा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । बारा जिल्ला अदालतले मनोरमाको दाबी नपुग्ने ठहर गरेको थियो । पछि तत्कालीन पुनरावेदन अदालतले पनि अपुतालीबाट प्राप्त भएको सम्पत्ति ती दुई मात्र नभइ तीनै जना दिदीबहिनीले पाउने भन्ने फैसला गरेको थियो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतबाट भएकै फैसलालाई सदर गरी तीनैजना दिदीबहिनीले अपुतालीको सम्पत्ति पाउने भनी फैसला गरिदियो ।

सर्वाेच्चले डढे वर्षअघि सो फैसला गरेको भएतापनि फैसलाको पूर्ण पाठ केही दिनअघि मात्र सार्वजनिक भएको छ । सर्वोच्चको फैसलामा उल्लेख छ– ‘कुनै ठोस र निश्‍चयात्मक प्रमाणबाट बाबुआमालाई वादी–प्रतिवादीमध्ये यसैले नै पालनपोषण, स्याहारसुसार र औषधोपचार गरेको हो भन्ने पुष्टि नभए त्यस्तो अवस्थामा उनीहरूको पालनपोषण र स्याहारसुसारमा वादी–प्रतिवादी सबैको नै भूमिका रहको भनी बाझ्नुपर्ने हुन्छ ।’

आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।   


स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार

स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार


कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थप सजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए  ।भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खाँचो रहेको मन्त्रालयले जनाएको छ ।यस अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट लेखी आएबमोजिम गर्न र गराउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहले अब सबै प्रवेश बिन्दुका हेल्थ डेस्कमा ज्वरो आएका यात्रुहरूको आरडीटी परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ ।

परीक्षण गरी कोरोना संक्रमित भएमा अस्पताल र स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी तिनीहरुको व्यवस्थापन गर्न स्थानीय तहलाई भनिएको छ । त्यसै गरी, क्वारेन्टाइन आदेश २०७७ बमोजिमको व्यवस्था लागू गर्नुपर्ने छ । रोगको निगरानी र कन्ट्रयाक्ट ट्रेसिङलाई बढावा दिने व्यवस्था मिलाउनुपर्ने छ । आफ्नो पालिकामा कोरोना जोखिम रहेको स्थान वा क्षेत्रको पहिचान गरी समुदायस्तरमा कोरोना नियन्त्रण गर्न गरिने प्रावधान पालना गरिनेछ । जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रचारप्रसार अभियान तीव्र बनाउन पनि मन्त्रालयले भनेको छ ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।    


ओम्नी घोटाला : तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस

ओम्नी घोटाला : तत्कालीन स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न सिफारिस


कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा खरिद प्रक्रिया नै गलत भएको ठहर गर्दै सार्वजनिक लेखा समितिकोे सोमबार बसेको बैठकले अख्तियार दुरुपायेग अनुसन्धान आयोगको सचिवलाई पत्रलेखी दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ।

समितिले आयोगलाई लेखेको पत्रमा समितिको गत पुस ३ गते बसेको बैठकले गरेको निर्णयको कार्यान्वयनका लागि पत्राचार गरेको उल्लेख गरिएको छ। खरिद प्रक्रिया र समयमा सप्लाइ गर्न नसकेको विषयमा स्वास्थ्य विज्ञहरुले तत्कालै टिप्पणी गर्नुका साथै खरिद प्रक्रियामा घोटाला भएको भन्दै विरोध जनाएका थिए। गत वर्षको माघ २९ गोरखापत्रमा सूचना प्रकाशित गरी छिटो विधिबाट अति आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न अघि बढाएको प्रक्रिया नियमसंगत देखिए पनि कार्यान्वयन गर्ने पाटोमा भने अनियमितता देखिएको उल्लेख छ । तर, सोही प्रकृतिका सामग्री खरिद गर्न अर्को प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति जनाई नोबल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत वर्षको चैत ११ को निर्णयलाई आधार मानी बजेट तथा लागतको अनुमान तयार नगरी सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत अख्तियार प्राप्त अधिकारीहरुले आफूमा निहित अधिकार प्रयोग नगरी अन्य व्यक्तिलाई खरिद कार्यमा संलग्न गराई अख्तियार दुरुपयोग गरेको अभियोग समितिले लगाएको छ।

पुस ३ गते बसेको समितिले औषधि खरिदमा भएको अनियमितता सम्बन्धमा तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर स्पष्टीकरणसमेत सोधेको थियो। गतवर्षको चैतमा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि प्रयोग गरिने स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई १ अर्ब २४ करोडको ठेक्का दिएको थियो। सो कम्पनीले खरिद गरी ल्याएको सामग्री पनि गुणस्तरहीन देखिएको भन्दै विवाद आएसँगै ओम्नीलाई कारबाही गरी भुक्तानी रोकेको र कालोसूचीमा राखिएको भनिए पनि ओम्नी समूहलाई भुक्तानी भने स्वास्थ्य मन्त्रालयले पहिला नै गरिसकेको बुझिएको छ।

आजकोनेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


मन्त्री पौडेल र भट्टको सुरक्षा गर्न नसकेको भन्दै रूपन्देहीका प्रजिअ र दुई प्रहरी प्रमुखको एकैसाथ सरुवा

मन्त्री पौडेल र भट्टको सुरक्षा गर्न नसकेको भन्दै रूपन्देहीका प्रजिअ र दुई प्रहरी प्रमुखको एकैसाथ सरुवा


सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकै साथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृहमन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।

गत फागुन २१ गते सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा तयारी बिनै शिलान्यास कार्यक्रम गरेको थियो । उद्योगका लागि अधिग्रहण गरेको जग्गामा आफूहरूको व्यवस्थापन नगरी ‘जबर्जस्ती’ शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रम अवरोध गरेका थिए । अवरोधकै बीच शिलान्यास गर्न खोज्दा स्थानीयले मन्त्रीमाथि ढुंगा प्रहार गरेका थिए । असुरक्षा देखिएपछि मन्त्रीद्वयले कार्यक्रम छाडेर लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पुगे र पत्रकार सम्मेलनमार्फत कुरा राखेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले प्रजिअको सरुवा भएको पुष्टि गरे । उनका अनुसार रूपन्देहीका प्रजिअ घिमिरेको पर्सा सरुवा भएको छ । रूपन्देहीमा पर्साका प्रजिअ अस्मान तामाङ आउने भएका छन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।


नेपालको प्रदुषण हिमाली भाग नाघेर तिब्बत पुग्यो

नेपालको प्रदुषण हिमाली भाग नाघेर तिब्बत पुग्यो


वायु प्रदुषण विश्लेषण गर्ने संस्था ‘आईक्युएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौं समेत छ । 

नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ । ‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदँषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘पहिलोपटक नेपालको प्रदुषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’ 

आईक्युएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पँर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । 

‘म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदुषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भने, ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’ 

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ नेपालमा एकाएक प्रदुषण बढ्नुमा दुई कारण रहेको बताउँछन्। ‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चापीय क्षेत्रको असर परेको  छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदँषण हट्थ्यो। अहिले कत्ति पनि हावा चलेको छैन,’ उनले भने, ‘अर्को, डढेलोजन्य गतिविधि हो। नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धुँवा काठमाडौंसम्मै आइपुगेको छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 


नेपालसामु दुई विकल्प

नेपालसामु दुई विकल्प


निलम्बनमा परे सँगै माधव नेपालका अगाडि दुईवटा विकल्प छन्– एमालेमा समानान्तर कमिटीहरू बनाउँदै जाने वा ओली नेतृत्वको एमाले पार्टीबाहेकका वामपन्थीहरूसँग मिलेर कम्युनिस्ट पार्टीलाई नयाँ स्वरूपमा स्थापित गर्ने । स्पष्टीकरण सोधिएयता नै ओलीले यो कदम चाल्छन् भन्ने विषयमा लगभग निश्चितजस्तै भएका नेपालको गतिविधि यी दुवै विकल्पमा केन्द्रित छ ।

पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भइरहेको बाक्लो संवादको अन्तर्य पनि यही हो । उनीहरूसम्बद्ध स्रोतका अनुसार आगामी राजनीतिको दृश्य भने अझै स्पष्ट भइसकेको छैन । ‘अहिले सम्म माओवादीले ओ लीलाई दिएको समर्थन फिर्ता लिन्छ र नेकपाको एकतालाई नमान्ने सर्वाेच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन्छ भन्ने निश्चित भइसक्यो,’ नेपालसम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो, ‘तर ओलीलाई समर्थन फिर्ता लिए पनि अविश्वासको प्रस्ताव दर्ता हुन्छ या हुँदैन भन्ने निश्चित भएको छैन, माधवजीहरूको अबको बाटो त्यसपछि थप क्लियर होला ।’ ओली र नेपालको सहयात्रा भने पछिल्लो घटनाक्रमले विसर्जनोन्मुख नै देखिन्छ, यसको तात्कालिक असर नेपाललाई परे पनि दीर्घकालीन अप्ठ्यारो एमालेलाई नै हुनेछ ।

ओलीले सोमबार पाँच बुँदे आरोपसहित नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेसँगै अदालतले एक ठाउँ मा ल्याइदिएको एमाले नेताहरू आफ्नै व्यवहारका कारण थप तितरबितर बन्ने स्थिति आएको हो ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

 


नेपालमा सुनका गरगहनाको आयात बढ्दो

नेपालमा सुनका गरगहनाको आयात बढ्दो


काठमाडौं । नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको छ । चालू आवको फागुनसम्म ६ करोड ७३ लाख ६७ हजार रुपैयाँका सुनका गरगहना आयात भएको छ । परिमाणका आधारमा चालू आवको यस अवधिमा साढे १७ केजी बराबरको सुनका गरगहना आयात भएको छ ।

गत आवको सोही अवधिमा भने ५ करोड ६० लाख रुपैयाँ बराबरको १३ केजी सुनका गरगहना आयात भएको थियो । परिमाणका आधारमा चालू आवमा सुनका गरगहनाको आयात ३४ प्रतिशतले बढेको देखिन्छ ।

नेपालमा बहराइन, कोरिया, हङकङ, मलेशिया, पाकिस्तान, पोर्चुगल, कतार, ओमन, नर्वे, साउदी अरब, सिंगापुर, थाइल्यान्ड, टर्की, यूएई, लन्डन, आइसल्यान्डबाट सुनका गरगहना आयात भएको विभागको तथ्यांक छ ।

पछिल्लो समय नेपालमा विदेशी डिजाइनका गरगहनाको माग बढ्दो क्रममा रहेको छ । नेपाली ग्राहकले विदेशी फिल्मी डिजाइनका गरगहना लगाउन खोजेका छन् । फलस्वरूप पछिल्लो समय सुनका गरगहनाको आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् । 

 


डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै


डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।

वायु प्रदूषण उच्च रहेकाले काठमाडौँ लगायत देशका मुख्य सहरको आकाश खुलेको छैन । वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणले असरले आकाश ढाक्न पुगेको छ ।

यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने वातावरण विभागले जनाएको छ । विभागको प्रदूषण सूचकले काठमाडौँ लगायतका सहरमा वायु प्रदूषण कडा बन्दै गएको देखाएको छ ।

काठमाडौँ, सौराहा, पोखरा, कीर्तिपुर, सिमरा, झापालगायतका सहरको वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था हो । यीबाहेक जुम्ला, रारा, धनकुटा लगायतका क्षेत्रमा विगत २४ घण्टामा उच्च स्तरमा प्रदूषणको सूचक बढेको थियो ।

विभागले आइतबार औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न भाग जस्तै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर उच्च रहेको जनाएको छ । वायु प्रदूषणको स्तर घटी वा बढी हुन मौसमले असर गर्ने जनाउँदै विभागले हालको जस्तै अवस्था रहेको खण्डमा वायु प्रदूषण यत्तिकै वा योभन्दा पनि खराब हुन सक्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक यन्दुविक्रम जोशीले लगातार बढेको प्रदूषणबाट जोगिन अपिल गरे ।

उनका अनुसार वायु प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उच्च सम्भावना छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगीलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।

साथै अन्य आम नागरिकले पनि काम परेको खण्डमा बाहेक घरबाहिर हिँड्डुल नगर्न, निस्कन र परेको खण्डमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

अहिले चारैतिर डढेलो सङ्कट बढेकाले यस्तो बेलामा सहरका स्थानीयले फोहोर बाल्ने, खुला रूपमा आगो बाल्ने जस्ता काम नगरिदिन विभागले आग्रह गरेको छ ।

त्यस्तै प्रदूषणलाई बढावा दिने खालका धुवाँयुक्त सवारी साधन नचलाएर विद्युतीय सवारी साधन मात्र चलाउन विभागले अपिल गरेको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदूषणको दर बढ्दो रहेकाले भिजिबिलिटीको स्तर घटेको जनाएको छ । वर्षा र हावाको उच्च चाप वायुमण्डलमा नआएसम्म प्रदूषणको स्तरमा कमी आउन नसक्ने महाशाखाले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।


बाक्लो तुवाँलोका कारण देखिन थाले यस्ता समस्या

बाक्लो तुवाँलोका कारण देखिन थाले यस्ता समस्या


केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन्।  बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन अपनाउन सुझाव दिएका हुन्।  चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ ।  ‘हालको तुवाँलोले फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गरको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘दीर्घरोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।’ 

उनले धँमपान गर्ने, दीर्घकालीन जटिल रोग भएकालाई तुवाँलोले समस्यामा पारको े बताए । तुवाँलोकोमाध्यमले वातावरणमा पुगेको २.५ माइक्रोनभन्दा ठँलो वा सानो सँक्ष्म कण (पार्टिक्युलर मैटर) श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्छ । त्यसपछि रगतको माध्यमले सबै अंगमा गएर असर गर्ने डा. चोखानीको भनाइ छ । 

विश्व स्वास्थ्य संगठन (डब्लँएचओ) को अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । धेर बढी स् ै वास्थ्यलाई हानि पु¥याउने कण २.५ माइक्रोन वा योभन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मनुष्यको कपालको चौडाइ बराबर हुन्छ । 

पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रगत प्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै दीर्घकालमा फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ । हावामा भएका अति सँक्ष्म प्रदँषक हाम्रो श्वासप्रश्वास र रक्त सञ्चार प्रणालीमा प्रवेश गररे मुटु, मस्तिष्क र विशेष गरी फोक्सोलाई नोक्सान पु¥याउने राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । 

आजको कान्तिपुर दैनिकमा समाचार छ ।