16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


दोस्रो नेपाल आईडल रबि ओड

दोस्रो नेपाल आईडल रबि ओड


काठमाडौँ, पुस ९ । चर्चित रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । २१ गते पुल्चोक ईन्जिनियर क्याम्पसमा भएको अन्तिम  प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेका हुन् ।

नेपाल आइडल–२ को उपाधिसँगै उनले २२ लाख रुपैयाँ, कार, गोल्डेन ट्रफी र ओप्पो मोबाईल हात पारेका छन् । आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका बिक्रम बराल भए । उनले २० लाख रुपैयाँ पुस्कार पाए । त्यसैगरी, सेकेण्ड रनरअप प्रदेश नं.१, झापाका सुमित पाठक भए । उनले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको थर्ड रनरअप झापाकै अस्मिता अधिकारी भइन् । उनले स्कुटर पुरस्कार प्राप्त गरिन् ।

साउन २४ गतेदेखि प्रत्येक हप्ताको बिहीबार र शुक्रबार राति ८ः३० बजेदेखि प्रसारण हुँदै आएको थियो । जसको जजमेन्ट न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा, ईन्दिरा जोशीले गरेका थिए ।

 


प्याजेन्टले बिराटनगरमा फेशन शोे गर्दै

प्याजेन्टले बिराटनगरमा फेशन शोे गर्दै


मोरङ, पुस ४ । प्याजेन्ट नेपालले पूर्वाञ्चलको बिराटनगरमा पूर्वाञ्चल फेशन शो गर्ने भएको छ । देशका विभिन्न शहरलगायत विदेशमा सफल ईभेन्ट, फेशन शो कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्टले हालै बुटबलमा सम्पन्न गरेको बुटवल फेशन शोपश्चात मोरङको बिराटनगरमा पौषको अन्तिम साता उक्त शो गर्ने भएको हो ।

प्याजेन्टले नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट एवं नयाँ शैलीका डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर कार्यक्रम गर्ने क्रममा बिराटनगरमा शो गर्ने भएको छ । प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतका अनुसार फेशन पारखीहरुको हब बन्दै गएको पूर्वाञ्चलकै उत्कृष्ट तथा राष्ट्रियस्तरका चर्चित मोडलहरु छनौट गरि बिराटनगरमा प्याजेन्ट नेपाल पूर्वान्चल फेशन शो आयोजना हुन लागेको हो । पौषको अन्तिम साता बिराटनगरको भव्य हलमा हुन लागेको उक्त शोका निम्ति मोडलहरुको छनौटका लागि ईटहरीको त्रियुगा होटलमा पौष ७ गते, बिराटनगरको द ब्यन्जन फुडल्याण्डमा पौष ८ गते , बिर्तामोडको हवी सुइमिङ्ग कम्पलेक्स एण्ड रेडमगमा पौष ९ गते, दमकको कन्चन ट्रेडर्समा पौष १० गते र धरानको फ्रेण्डस गार्डेनमा पौष ११ गते अडिसन हुँदैछ । र्याम्प शो तथा आफ्नो प्रस्तुती दिन ईच्छुक युवा तथा युवतीले आफूलाई पायक पर्ने स्थानमा तोकिएको मितीसम्ममा अडिसन दिन सकिने बताइएको छ ।

मोडलिंग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट बन्चित र यस क्षेत्रको बारेमा विभिन्न जानकारी हासिल गरि व्यवसायिक रुपमा मोडल बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने पूर्वाञ्चलकै लोकप्रिय एवं चर्चित गायक श्रीकृष्ण लुईटेल, बोके दाह्रीले बताए । उक्त फेशन शोको लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ । छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस, मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । नेपालकै चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा एक हप्ते निःशुल्क तालिम हुने उक्त शोमा नेपालका चर्चित गायक गायिका, लोकप्रिय हांस्य कलाकारहरुबाट मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।

तीन वटा सिक्वेन्स रहने उक्त शोको लागि राजधानीबाट सहभागीता जनाउन करिब डेढ दर्जनभन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प एवं आकर्षक प्रस्तुती दिनेछन । थुप्रै ब्यूटी पेजेन्ट तथा फेशन शोमा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलब्ध गराउँदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले पूर्वाञ्चलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ । साथै यस शोमा सहभागी मध्येकै उत्कृष्ट केहि मोडलहरुलाई फेबु्रीमा थाईलेण्डको बैंककमा हुन लागेको अन्तर्राष्ट्रिय फेशन शोमा सहभागी गराईने प्याजेन्ट नेपालका अध्यक्ष राज लुईटेलले जानकारी दिए ।


मनिता देवकोटा मिस युनिभर्सको उत्कृष्ट १० मा

मनिता देवकोटा मिस युनिभर्सको उत्कृष्ट १० मा


काठमाडौं, पुस २ । मिस युनिभर्सको प्रतिनिधित्व गरेकी नेपालकी मनिता देवकोटा ६७औँ मिस युनिभर्सको यात्राबाट बाहिरिएकी छिन् । थाइल्यान्डको नोन्थाबुरीमा सोमबार भएको मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेलले हात पारेसँगै नेपालकी देवकोटाले भने प्रतियोगीताको उत्कृष्ट १० मा चित्त बुझाइन् ।

देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् । युरोप, अमेरिका, एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनोटबाट १५ जना र वाइल्ड कार्डमार्फत पाँच गरी उत्कृष्ट २० प्रतिस्पर्धीहरु छनोट गरिएको थियो । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् ।

यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए । फस्ट रनरअप क्रमशः दक्षिण अफ्रिकाकी तमारिन ग्रिन तथा र सेकेन्ड रनरअपको ताज  भेनेजुयलाकी सुन्दरी स्थेफनीले हात पारे ।


पहिलो ‘द भ्वाइस अफ नेपाल’ अधिकारी

पहिलो ‘द भ्वाइस अफ नेपाल’ अधिकारी


काडमाडौं, २९ मंसिर । कतारमा सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो ‘द भ्वाइस अफ नेपाल’ भएका छन् । उनलाई धेरै धेरै बधाई तथा सांगितिक यात्राको लागि धेरै धेरै शुभकामना । पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सुन्तलीले गरेका थिए ।
पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा अधिकारीले सम्पूर्ण कोच तथा ट्यालेन्टहरुलाई धन्यवाद व्यक्त गरे । आफूलाई भोटिङबाट तथा आफ्ना गीतहरु सुनेर विश्वभरबाट समर्थन गर्ने तथा माया गर्ने लाखौं दर्शक श्रोताहरुलाई धन्यवाद दिंदै बिजेता अधिकारीले भने, ‘यो क्षण मेरो साङ्गीतिक जीवनकै अविस्मरणीय क्षण हो ।’ बिजेताले नगद २५ लाख रुपैयाँ, १० लाख रुपैयाँ बराबरको रेकर्डिङ, एउटा कार साथमा वर्ल्ड टुर प्राप्त गर्नेछन् ।


कार्यक्रम प्रस्तोताहरुलाई मेकपको स्पोन्सर नेपाली मुलका कतारलाई कर्मभूमी बनाई मेकप आर्टिस्टको रुपमा परिचित आयुषा श्रेष्ठ खड्काले मेकप गरेकी थिइन् ।

नेपालको पूर्वमा जन्मेकी खड्का विगत लामो समयदेखि कतारमा आफ्नै कम्पनी खोली कतारका विभिन्न शेखका श्रीमतीहरुदेखि सर्वसाधारण व्यक्तिहरुलाई मेकप गराई आफ्नो छट्टुै पहिचान बनाउन सफल भएकी छिन् ।


‘शुभ लभ’को पोस्टर सार्वजनिक

‘शुभ लभ’को पोस्टर सार्वजनिक


काठमाडौं, मंसिर २८ । चलचित्र ‘शुभ लभ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई पोस्टरमा देखाइएको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभ लभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डेलगायतका कलाकारको रहेका छन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।


‘जीवन काँडा कि फूल’ चलचित्र चैत २२ मा प्रदर्शन हुँदै

‘जीवन काँडा कि फूल’ चलचित्र चैत २२ मा प्रदर्शन हुँदै


काठमाडौं, मंसिर २८ । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त चलचित्रको निर्माता विनोद विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्रको निर्माण लागत ६५ लाख रुपैयाँ रहेको जनाइएको छ ।

करिब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायांकन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेको उक्त चलचित्रमा घिमिरेको संघर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । नेपाल पत्रकार महासंघ काठमाडौंका सभापति सन्तराम बिंडारीले जीवन्त कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउँदै घिमिरेको जीवन संघर्ष धेरैका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे ।

चलचित्र निर्माता संघका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पुर्याउने बताउँदै चलचित्रको संक्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने बताए ।

कलाकार मोहन निरौला, संगीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताए । चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।


ग्लोबल मोसन पिक्चर्स अवार्ड यूएईको आबेदन फाराम खुल्ला

ग्लोबल मोसन पिक्चर्स अवार्ड यूएईको आबेदन फाराम खुल्ला


काठमाडौं, मंसिर २८ । ग्लोबल एक्ट्रस फेरेडेसनले बार्षिक रुपमा बिदेशी भुमिमा आयोजना गर्दै आएको ग्लोबल मोसन पिक्चर्स अवार्ड तथा सम्मान कार्यक्रम आयोजनाको लागि आबेदन फाराम खुलेको छ । गत बर्ष थाइल्यान्डमा सम्पन्न गरेको यो संस्करणले यो बर्ष यूएईलाई रोजेको छ । यो बर्षको संस्करण यूएई दुबई शहर रोजेको संस्थाका अध्यक्ष रामबाहादुर सुवेदी (आर.के)ले जानकारी दिए ।


सिंगापुर तथा थाइल्यान्डको आयोजना पछि ग्लोबल मोसन पिक्चर्स अवार्ड टोलि यो बर्ष यूएई जाने भएको हो । देश र समाजमा निरन्तर लामो यात्रा तय गर्ने हरेक क्षेत्रमा इमान्दारी पूर्वक लामो यात्रा तय गर्ने संघ, संस्था, व्यापारी, बुद्धिजिवि, सामाजिक अभियान्ता, कलाकार, साहित्यकार खेल खेलाडी, अर्थ, पत्रकार, साहित्यकार राजनेता लागाएत थुप्रै राष्ट्रिय श्रष्टाहरुलाई बार्षिक रुपमा सम्मान गरिने ग्लोबल अवार्ड यूएई संस्करणमा यो बर्ष सय भन्दा श्रष्टाहरु सम्मानित हुने भएको छन् भने ३५ जना भाग्यमानीले ग्लोबल मोसन पिक्चर्स अवार्ड उचाल्लने जानकारी अध्यक्ष सुवेदिले दिए ।

नेपाल बाटै सम्पूर्ण तयारी सहित पुस २६ गते अपरान्ह ४ बजे झन्डै २ सयको जम्बो टोलि यूएई प्रस्थान गर्ने भएको छ । ४ रात ५ दिनको ट्राभल प्याकेज सहितको कार्यतालिका रहेको ग्लोबल एक्टर्स एरेडेसन (बिस्व कलाकार महांसंघ) को उक्त कार्यक्रममा ३५ बिधामा अवार्ड आयोजना, खुल्ला फुटबल, सम्मान कार्यक्रम, विभिन्न पर्यटन स्थलमा घुमघाम हुनुको साथै भगवान बुद्ध नेपालमा जन्मेको हुन्, बिश्वकै सुन्दर देश नेपाल भ्रमण गरौं भन्ने अन्तर्राष्ट्रिय सन्देश सहित टोलि यूएईको सातै प्रान्त परिक्रमा गर्ने अध्यक्षले जानकारी दिए ।

सो टोलिले नेपाली राजदूतावास अबोलोकन गरि ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए । आयोजक टोलि भन्ने मकाउ हुँदै कतार पुग्ने र उक्त देशमा पनि मैत्रीपूर्ण रमाइलो फुटबल कार्यक्रम गरि स्वादेश फकर्ने आयोजकले जानकारी दिए ।
 


चलचित्र आप्पा’को फष्टलुक सार्वजनिक

चलचित्र आप्पा’को फष्टलुक सार्वजनिक


काठमाडौं, मंसिर २५ । अभिनेता दायाहाङ राई अभिनित चलचित्र ‘आप्पा’को फष्टलुक सार्वजनिक भएको छ । अभिनेता दयाहाङको ड्राइभर र पिताको भूमिका रहेको उक्त चलचित्रको राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले प्रदर्शन मितिसँगै फष्टलुक सार्वजनिक गरेको हो ।

आगामी जेठ २४ गते प्रदर्शन हुने उक्त चलचित्र अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको मुख्य भूमिका रहेको छ । उक्त चलचित्र रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता माबो हाङ रहेका छन् ।


श्रृङखला खतिवडा ‘मिस वर्ल्ड’ टप १२ मा बाहिरिइन्

श्रृङखला खतिवडा ‘मिस वर्ल्ड’ टप १२ मा बाहिरिइन्


काठमाडौं, मंसिर २२ । 

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् ।

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।


‘गरुड पुराण’द्वारा कभर भिडियो बनाउने उत्कृष्टलाई ५० हजार घोषणा

‘गरुड पुराण’द्वारा कभर भिडियो बनाउने उत्कृष्टलाई ५० हजार घोषणा


काठमाडौं, मंसिर २१ । फिल्म ‘गरुड पुराण’ले ‘म त पिरिममा....’ गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद पुरस्कार घोषणा गरेको छ । निर्देशक सुवास कोइरालाका अनुसार केही दिन अगाडि सार्वजनिक यो गीतमा कभर भिडियो निर्माण गर्ने मध्येबाट उत्कृष्ट एकले नगद ५० हजारसहित एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पाउने छन् ।

प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले सिनेमा समाविष्ट ‘म त पिरिममा...’ गीतमा कभर भिडियो बनाउनुपर्नेछ । प्रतियोगीले भाग लिन एकल, युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर ‘क्रिएसनमदानी एटदरेट जिमेल टड कम’मा पठाउनु पर्नेछ । कभर भिडियो प्रतियोगिता घोषणा गरिएको गीतमा कोशिश क्षेत्रीको संगीत छ । गीतलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छन् ।

गीतमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जन रहेका छन् । नाजिर हुसेन, कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटालगायतका कलाकारहरुको सिनेमामा अभिनय छ । पारिवारिक प्रेमकथामा आधारित ‘गरुड पुराण’ हास्य प्रधान जनरामा तयार भएको निर्देशकले बताएका छन् । सिनेमा माघ ४ गते रिलिज हुनेछ ।