16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप

इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप


एजेन्सी । इजरायलको राजधानी तेल अविवमा इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन् । 

झडप शनिबार भएको थियो । इरिट्रियन दूतावासले आयोजना गर्ने कार्यक्रमको कार्यक्रमको बिरोध गर्न क्लब नजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरूबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो । झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन् । सिन्ह्वा


अस्ट्रेलिया गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह

अस्ट्रेलिया गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह


एजेन्सी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट शतर्क रहन चेतावनी जारी गरिएको छ।जंगलमा डढेलो लाग्नसक्ने र गर्मी अत्याधिक बढ्न सक्ने भन्दै सबैलाई शतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो ।

बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ। त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जंगलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ। अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ।

अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १.५४ डिग्री सेन्टिग्रेड भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो। 
सिन्ह्वा
 


भारतले शनिबार अन्तरिक्षयान पठाउँदै

भारतले शनिबार अन्तरिक्षयान पठाउँदै


एजेन्सी । भारतले शनिबार पहिलोपटक सूर्य अभियानअन्तर्गत अन्तरिक्ष यान अन्तरिक्षतर्फ पठाउँदै छ । भारतीय अन्तरिक्ष संस्था इस्रोका अनुसार आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाको सतिस धवन स्पेस स्टेसनबाट सूर्यको अध्ययनका लागि पहिलो अभियानअन्तर्गत आदित्य–एल१ अन्तरिक्ष यान प्रक्षेपण गरिनेछ ।

इस्रोका प्रमुख सूर्य अभियानअगाडि पुजापाठमा होमिएका छन् । पीटीआईका अनुसार इस्रो प्रमुख एस सोमनाथ तिरुपतिस्थित चेंगलम्मा परमेश्वरी मन्दिरमा भगवानको पूजा गर्न पुगेका छन् ।

पूजापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका छन्, ‘पीएसएलभी–सी५७ आदित्य–एल१ मिसनको काउन्टडाउन आजदेखि सुरु भएको छ । यो भोलि बिहान ११ः५० बजे प्रक्षेपण गरिनेछ । स्याटेलाइटलाई आवश्यक स्थानमा पुग्न एक घण्टा लाग्नेछ । त्यसपछि आदित्य–एल१ लाई पृथ्वीबाट निश्चित बिन्दुमा पुग्न १२५ दिन लाग्नेछ । प्रक्षेपण गर्नुअघि, म चेङ्गलम्मा परमेश्वरी मन्दिरमा आशीर्वाद लिन आएको छु ताकि हामी यो महत्त्वपूर्ण मिसनमा पनि सफलता पाउन सक्छौँ ।’
 


चीनको नयाँ नक्साः भारतको अरुणाचल प्रदेशलाई समेत समेटियो

चीनको नयाँ नक्साः भारतको अरुणाचल प्रदेशलाई समेत समेटियो


एजेन्सी । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेशलाई समेत समेटेकाे छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ ।
अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’
ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएको हो ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आएको छ ।

The 2023 edition of China's standard map was officially released on Monday and launched on the website of the standard map service hosted by the Ministry of Natural Resources. This map is compiled based on the drawing method of national boundaries of China and various countries… pic.twitter.com/bmtriz2Yqe

— Global Times (@globaltimesnews) August 28, 2023

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त


एजेन्सी । फ्रान्सका केही भू-भागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो ।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सेल्सियससम्म पुगेको छ ।

गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होशियार रहन आग्रह गरिएको छ ।

स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् ।

राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गएकाे सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो ।


चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण

चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण


एजेन्सी । भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।


पाकिस्तानमा एक हप्ताभित्रै २१ चर्च जलाइए 

पाकिस्तानमा एक हप्ताभित्रै २१ चर्च जलाइए 


एजेन्सी । पाकिस्तानमा एक हप्तामा इसाई समुदायका २१ वटा चर्चमा तोडफोड मच्चाउँदै आगजनी गरिएको छ । पञ्जाब प्रान्तको जरानवालामा क्रिश्चियन समुदायले कुरानको अपमान गरेको भन्दै त्यहाँका मुस्लिम समुदायहरू रुष्ट बनेका हुन् ।

उनीहरूले गत हप्ताको बुधबारदेखि चर्चका साथै इसाई समुदायका मानिसहरूको घरमा पनि तोडफोड गरेका छन् । यतिबेला प्रहरीले चर्च तोडफोड र आगजनीको घटनामा संलग्न १७० मुख्य अभियुक्तमध्ये १६० जनालाई गिरफ्तार गरेको जानकारी दिएको छ ।

प्रहरीले चर्चमा तोडफोड मच्चाउने कसैलाई पनि नछाड्ने बताएको छ । गतहप्ता साल्भेसन आर्मी चर्च, सेन्ट पल क्याथोलिक चर्च  सबैभन्दा सुरुमा जलाइएको थियो । साथै कैयौँ चर्चमा तोडफोड र आगजनी भएको भिडियो पनि सार्वजनिक भएको छ ।


अमेरिकामा डढेलोः मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

अमेरिकामा डढेलोः मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो


एजेन्सी । अमेरिकाको हवाईको माउई टापुमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। माउ काउन्टीले वेबसाइटमा पोस्ट गरेको एक विज्ञप्तिमा भनेको छ, ‘आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। 

विनाशकारी डढेलोका लागि डोरा आँधीबाट आएको तीव्र हावाहुरी जिम्मेवार मानिएको छ। आँधीका कारण पर्यटकीय स्थल लाहैनाका केही भागहरू नष्ट भएका छन्।
काउन्टीका अनुसार दुई हजार १०० भन्दा बढी मानिस रातभर चारवटा आपतकालीन आश्रयस्थलमा बसेका थिए भने अन्य दुई हजार पर्यटक स्थानीय विमानस्थलमा आश्रय लिइरहेका थिए।


भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

भारतीय प्रधानमन्त्री मोदीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएकाे अविश्वासकाे प्रस्ताव अस्वीकृत भएकाे छ ।  लाेकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनकाे कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेकाे अविश्वास प्रस्ताव अस्वीकृत भएकाे घाेषणा गर्नुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ । 

यसअघि अविश्वास प्रस्तावलाई लिएर लाेकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नाे विचार राखेका थिए । प्रधानमन्त्री माेदीले जवाफ दिएपछि लाेकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएकाे घाेषणा गरेका हुन् । 


सिरियामा सडकमा छाडिएको बम विस्फोटः एक पत्रकारसहित चार जनाको मृत्यु

सिरियामा सडकमा छाडिएको बम विस्फोटः एक पत्रकारसहित चार जनाको मृत्यु


एजेन्सी । सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्य तीन जना सुरक्षाकर्मी रहेका छन् ।
निजी स्वामित्वको सिरियाली सामा टिभीका संवाददाता फिरास अल–अहमद र सैनिक जवान दारा प्रान्तमा लागुऔषध विरुद्धको अभियानबाट फर्कने क्रममा बम विस्फोटमा परेका थिए । आतङ्कवादी समूहले सडकमा बम राखेको सुरक्षा निकायलाई उद्धृत गरी अल जजिराले जनाएको छ ।
दारा प्रान्त वर्षौँदेखि हिंसाको चपेटामा छ । प्रेस स्वतन्त्रता समूह रिपोर्टर्स विदाउट बोर्डर्सका अनुसार सन् २०११ मा गृहयुद्ध सुरु भएयता सिरियामा दुई सय ७० जनाभन्दा धेरै पत्रकार मारिएका छन् । सिरियाको द्वन्द्वमा पाँच लाख जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।