16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


जाजरकोट जीप दुर्घटनामा एकै वडाका सातसहित ११ जनाको मृत्यु     

जाजरकोट जीप दुर्घटनामा एकै वडाका सातसहित ११ जनाको मृत्यु     


जाजरकोटं, २६ मंसिर । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो । जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए । 
 


जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु


काठमाडौं, २६ मंसिर । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट तल खस्दा ८ जनाको मृत्यु भएको हो । 
घटनास्थलमा ३ जना घाइते भएको प्रहरीले जनाएको छ । जीप २०० मिटर तल खस्दा घटनास्थलमै ८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 


कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,  सशस्त्र प्रहरीको मृत्यु

कीर्तिपुरमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दियो,  सशस्त्र प्रहरीको मृत्यु


काठमाडौं, २५ मंसिर । काठमाडौं कीर्तिपुरमा स्कूल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो ।
बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो । उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।


किशोरी हत्या आरोपित सशस्त्रका जवान पक्राउ

किशोरी हत्या आरोपित सशस्त्रका जवान पक्राउ


काठमाडौं, १८ मंसिर । कैलाली । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडीकै शिवनाथ गाउँपालिका–४ घर भएका कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० मोहनकुमार आचार्यले कोली पक्राउ परेका पुष्टि गरे । कोली माथि लुहारको हत्या गरेर फरार भएको आरोप छ ।
 


धनुषामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते

धनुषामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ जना घाइते


धनुषा, १७ मंसिर । धनुषामा शनिबार बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।     
     
मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।     
     
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् ।     
     
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ ।


 जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

 जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो


काठमाडौं, ७ मंसिर । गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते समेत भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।  

प्रहरीका अनुसार सत्यवति गाउँपालिका-३ ठूलो लुम्पेकबाट कुटडाँडा लु २ च ५३४० को जिप जाँदै थियो। राति साढे २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि मृत्यु हुनेमा जिप धनी सत्यवति-३ कुटडाँडाका ५१ वर्षीय झलक सोमै, सोहि स्थानका ५५ वर्षीय टीका राहाडी, ४७ वर्षीय रनबहादुर सिंजाली, ३० वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमै रहेका छन्। 


त्यस्तै घाइते हुनेहरूमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय वीरबहादुर राहाडी र १७ वर्षीय खण्डन सोमै रहेका छन्। 

कार्बोलिन सोमैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। घुम्तिमा जिपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप सडकबाट २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ।


गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते


गुल्मी, ७ मंसिर । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै सत्यवती–३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै घाइते भएका छन् । घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका–३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताए । दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
 


सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी निधन

सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी निधन


काठमाडौं, ६ मंसिर । बहकिने मनका सञ्चालक महवीर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ । आज बिहान साँढे ५ बजे चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिँदा माईक्रोकोमा सवार विश्वकर्माको निधन भएको हो ।

सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको हो । चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् । पछिल्लो समय  दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

सो दुर्घटनामा परी राप्ती ५ का आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक, र धादिङ रोराङ गापा ५ का कुशल बिसुराल घाइते भएका छन् ।
 


बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको जिप दुर्घटना

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको जिप दुर्घटना


बैतडी, ५ मंसिर । बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो। 
मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। 


बाजुरामा गोली चल्दा एक जनाको मृत्यु

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु


काठमाडौं, ४ मंसिर । बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  मतपेटिका खोस्न आएपछि झडप भएको हो ।