14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


क्यानडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

क्यानडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु


काठमाडौं, २ फागुन । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीन वटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिए ।


त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू रहेको उल्लेख गरेका छन् ।

घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुको युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरुको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताए ।

उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत  उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो ।

प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रूपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो ।
 


पाल्पामा जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, १८ घाइते 

पाल्पामा जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, १८ घाइते 


काठमाडौं, १ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।


पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ 

पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ 


काठमाडौं, २५ माघ ।  पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्री छन् ।

कास्की प्रहरीका अनुसार, उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैह्रेसँग पाँच करोड रुपैयाँ फिरौती मागेका थिए । फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको कास्की प्रहरीका प्रमुख मोहन थापाले जानकारी दिए ।

दर्जी वैदेशिक रोजगारका क्रममा चार वर्षदेखि कतारमा थिए । उनी नेपाल आएको एक महिना मात्र भएको प्रहरीले जनाएको छ । क्षेत्री भने बेरोजगार हुन् ।
 


सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार


काठमाडौं, २१ माघ । बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ। सुस्ता गाउँपालिका–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकैको शनिबार साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

गोली लागेर घाइते  भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। विश्वकर्माको पाखुरामा गोली लागेको छ।

गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ।
 


नक्कली रक्सी बनाउने कारखाना, ९ जना पक्राउ

नक्कली रक्सी बनाउने कारखाना, ९ जना पक्राउ


काठमाडौं, ३ माघ । काठमाडौँमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाउने कारखाना फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो ।
प्रहरीका अनुसार उनीहरुले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेका थिए । प्रहरीले यसमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।
काठमाडौँ उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो । सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो । 


त्रिशूलीमा खसेको गाडी भेटियो, मान्छे फेला परेनन् 

त्रिशूलीमा खसेको गाडी भेटियो, मान्छे फेला परेनन् 


काठमाडौं, २ माघ ।  त्रिशूली नदीमा गाडी खसेको पुष्टि भएको छ । भारतीय नम्बर प्लेटको गाडी फेला परेको चितवन प्रहरीले जनाएको छ । 
बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेराे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बाह्रखरीलाई जानकारी दिए । 
उक्त जीपमा चालक मात्रै थिए अथवा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । 

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट बिहान पौने ५ बजे त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो ।
 


टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते 

टुँडिखेलमा भागदौड हुँदा १६ जना घाइते 


काठमाडौं, १ माघ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ। माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ। महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन्। साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर,  २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए।  
 


राप्ती बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको पहिचान खुल्यो

राप्ती बस दुर्घटना : मृतक १२ मध्ये ८ जनाको पहिचान खुल्यो


काठमाडौं, २८ पुस । गएराति बाँकेको नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बस दाङको भालुबाङनिर राप्ती नदीमा खस्दा मृत्यु भएका १२ जनामध्ये ८ जनाको पहिचान खुलेको छ । प्रहरीले मृतक १२ जनामध्ये ८ जनाको सनाखत भएको जानकारी दिएको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय र बाँकेको नेपालगन्जकी ६० वर्षीया कुसुम बस्नेतको सनाखत भएको प्रहरीले जनाएको छ ।

दाङका प्रहरी प्रमुख उपरीक्षक रामबहादुर केसीले मृतकहरुको शव लमही अस्पतालमा राखिएको जानकारी दिए । 
 


बरहथवा घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति, मृतकको शव पोष्टमार्टम गर्ने तयारी

बरहथवा घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति, मृतकको शव पोष्टमार्टम गर्ने तयारी


काठमाडौं, २२ पुस । बरहथवा घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएपछि प्रदर्शनका कार्यक्रम स्थगित भएको छ । पीडित परिवार र प्रदर्शनकारीहरुले गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको  शव उठाउन सहमति जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय-सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ ।

आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलनरत पक्षका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

प्रदेशसभा सदस्य कौशलकिशोर रायले दुई पक्षबीच सहमतिपछि आजै शव उठाएर पोष्टमार्टम गर्ने र शव परिवारलाई हस्तान्तरण गर्ने सहमति भएको जानकारी दिए । मेयर कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको धरपकड र प्रहरीको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका-६ का ३० वर्षीय साहको मृत्यु भएको थियो ।


त्यसपछि झन् उग्र बनेका प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन थालेका थिए । शनिबार दिनभर प्रदर्शन रोक्न प्रयास भएपनि प्रशासनले आक्रोशित भीडलाई शान्त पार्न सकेको थिएन ।

शुक्रबार बेलुका कर्फ्यु लगाएको प्रशासनले शनिबार खुला गरेपनि आइतबार फेरि कर्फ्यु जारी गर्न बाध्य भएको थियो । घटनामा छानविन गर्न केन्द्र सरकारले ३ सदस्यीय छानविन समिति बनाएको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।


 


प्रदर्शन आक्रामक बनेपछि बरहथवामा कर्फ्यू, मृतकको शव आन्दोलनकारीको नियन्त्रणमा

प्रदर्शन आक्रामक बनेपछि बरहथवामा कर्फ्यू, मृतकको शव आन्दोलनकारीको नियन्त्रणमा


काठमाडौं, २० पुस । सर्लाहीको बरहथवा घटनामा प्रदर्शनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रदर्शनकारीको मृत्युपछि प्रदर्शन झन् आक्रामक भएको थियो । थप घटना हुन नदिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

प्रदर्शनका क्रममा बरहथवा नगरपालिका–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका हुन् । बेलुका ५ः३० बजेदेखि भोलि बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न नपाइने भएको हो ।

मृतकको शव प्रदर्शनकारीकै नियन्त्रणमा छ ।

सर्लाहीको बहरथवा नगर अस्पताललाई प्रदेशमातहत राख्न माग गर्दै प्रदर्शन भएको हो । पाँच राजनीतिक दलका नेता, कार्यकर्ताले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।