19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


बेपत्ता र टिआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउन कानून मन्त्रीले समय मागे 

बेपत्ता र टिआरसी विधेयकलाई निष्कर्षमा पुर्‍याउन कानून मन्त्रीले समय मागे 


काठमाडौं, २० फागुन । कानुनमन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टिआरसी) विधेयकलाई निश्कर्षमा पुर्याउन थप समय मागेका छन्। 

विधेयक टुंग्याउने तयारी स्वरुप आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गुरुङले थप समय मागेका हुन्। कानुनमन्त्री गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि प्रक्रिया केही लम्बिने भएको छ।

समितिको आगामी बैठकमा मस्यौदा पेश गर्ने सहमति भएको जनाइएको छ। द्वन्द्वपीडितलगायत सरोकारवालाले उठाउँदै आएका सवाललाई संवोधन गर्न विवादास्पद बिषय परिमार्जन गर्न मन्त्री गुरुङले गृहकार्यका लागि समय मागेका हुन्। 


सरकारलाई सभामुखको पाँचौं रुलिङ : २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिनू

सरकारलाई सभामुखको पाँचौं रुलिङ : २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिनू


काठमाडौं, १८ फागुन । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्। सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले  रुलिङ गरेका हुन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा गरेकाे याे पाँचौं पटककाे रुलिङ हाे।उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन्। 

आज प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कार्वाही अवरुध्द गर्ने प्रयाश गरेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका हुन्।
 


सरकारलाई सभामुखको पाँचौं रुलिङ : २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिनू

सरकारलाई सभामुखको पाँचौं रुलिङ : २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिनू


काठमाडौं, १८ फागुन । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्। सांसदहरुले आजको बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले  रुलिङ गरेका हुन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा गरेकाे याे पाँचौं पटककाे रुलिङ हाे।उनले यसअघि चार पटक रुलिङ गरिसकेका छन्। 

आज प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित केही स्वतन्त्र सांसदहरुले सरकारले जवाफ नदिएको भनेर विरोध गर्दै सदनको कार्वाही अवरुध्द गर्ने प्रयाश गरेका थिए। त्यसपछि सभामुखले रुलिङ गरेका हुन्।
 


भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री


काठमाडौं, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन् । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताएका हुन् ।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखा पर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, ‘स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीका लागि अनुदानको व्यवस्थालगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।’

संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उनले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा बजेट कम भएको गुनासो आउने गरेको जनाउँदै उनले भने, ‘स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोसिस यस पटक हुन्छ, यो विश्वास दिलाउन चाहन्छु ।’

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो । भरतपुर आँखा अस्पतालको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले विसं २०४४ मा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यावसायिक तालिमका क्षेत्रमा विशिष्ट कृत योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।

यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको चर्चा गर्दै उनले सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनीयतामा समेत बढोत्तरी हुँदै गएको बताए ।


विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छः प्रधानमन्त्री

विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छः प्रधानमन्त्री


काठमाडौं, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन्।

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरु निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो होइन।’

प्रधानमन्त्री दाहालले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए। राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्ने गरी नकारात्मक असर गरिरहेको चित्र देखिएको उनको भनाइ थियो।

‘प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ’ उनले भने ‘अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती छ।’

प्रधानमन्त्री दाहालले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताए। उनले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको उल्लेख गरे।
 


माइतीघरकाे निषेध ताेड्‌न खाेज्दा प्रहरीसँग घम्साघम्सी

माइतीघरकाे निषेध ताेड्‌न खाेज्दा प्रहरीसँग घम्साघम्सी


काठमाडौं, १६ फागुन । माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको हाे । 

डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगेर आन्दोलन गरेका हुन् । उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् । 
प्रदर्शनकारी माइतीघरतर्फ अगाडि बढ्नेक्रममा प्रहरीले भद्रकालीमा नै रोकेको हो । प्रदर्शनकारीलाई रोक्ने क्रममा दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो । महतो नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्ने भन्दै आन्दोलन सुरु गरेको छ । 
 


राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने


काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेका थिए। राष्ट्रिय सभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदै छ। उक्त पदमा सत्तागठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरेका छन्।


यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय


काठमाडौं, १५ फागुन । मन्त्रिपरिषद् बैठककले विभिन्न १७ वटा निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठककले गरेका १७ निर्णयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलबार सार्वजनिक गरेकी हुन्।

सरकारले गृहमन्त्रालयको प्रस्तावमा रसियामा आगामी चैत ४ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुगमन जान स्वीकृति दिएको छ। त्यसैगरी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ।


 


मधेशवादी दल लोसपा फुट्यो, महतोले घोषणा गरे राष्ट्रिय मुक्ति आन्दोलन

मधेशवादी दल लोसपा फुट्यो, महतोले घोषणा गरे राष्ट्रिय मुक्ति आन्दोलन



काठमाडौं, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन् ।

महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने । महतोले संविधान जारी भएपछि ६ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए । त्यसैले देशका सबै उपेक्षित, उत्पीडित समुदायलाई समेटेर अर्को बृहत्तर आन्दोलनको जरूरी भएको र त्यसका लागि लोसपालगायत सबै शक्तिलाई आह्वान गरेको उनको भनाइ छ।

‘संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस-थरूहट आन्दोलनलाई पहाड विरोधी, जातिय, साम्प्रदायिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कुप्रचार गरी यसै बहानामा दुस्मन देशका दुस्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरिरहे, बलिदान दिइरहे,’ उनले भने, ‘तर दुःखद कुरा मधेस-थरूहटका जनताको हार भयो, आन्दोलन तुहिन गयो ।’ महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए ।
 


लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित


काठमाडौं, १२ फागुन । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्बन गरिएको जानकारी दिए ।

उनीविरुद्ध सार्वजनिक सम्पत्ति (वन पैदावार)को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा यही फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो । उनी कपिलवस्तु क्षेत्र नम्बर–३ को ‘२’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।