19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


सहकारी ठगी प्रकरणः संसदीय समिति गठन नगरे कांग्रेसले संसद  चल्न नदिने

सहकारी ठगी प्रकरणः संसदीय समिति गठन नगरे कांग्रेसले संसद चल्न नदिने


काठमाडौं, २७ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

मंगलबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।


 


कांग्रेसले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

कांग्रेसले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने


काठमाडौं, २७ चैत । नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ। मंगलबार विहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी हुन्। राष्ट्रिय सभा उपाध्यक्षका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ।
 


उपनिर्वाचन : आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने

उपनिर्वाचन : आज उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने


काठमाडौं, २७ चैत ।  निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । त्यसपछि दिउँसो ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते मतदान हुनेछ ।
 


संसद बैठक बस्दै,यस्तो छ एजेण्डा

संसद बैठक बस्दै,यस्तो छ एजेण्डा


काठमाडौं, २७ चैत । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार (आज) बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्दैछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् ।


संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधान माथी सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै उपप्रधानमन्त्री एवंम गृहमन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विद्येयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुतीय ब्यापार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ


सुदूरपश्चिममा सरकार गठनका लागि १० दिनको समय

सुदूरपश्चिममा सरकार गठनका लागि १० दिनको समय


काठमाडौं, २३ चैत ।  सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले आज संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन् ।


‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते संविधानको धारा १६९ को १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ ज्युले नेपालको संविधानको धारा १६८ को २ बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहमुत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१ बैशाख २ गते आईतबार बेलुकी ५ बजे भीत्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।


कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान 

कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान 


काठमाडौं, २१ चैत्र ।  कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
बुधबार दिउँसो मात्रै मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। लगत्तै प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

सत्ता गठबन्धनमा कर्णालीमा एमालेले सरकारले नेतृत्व गर्ने सहमति भइसकेको छ। प्रदेश प्रमुख परियारले अर्को सरकार गठन नहुन्जेलका लागि राजीनामा दिएका मुख्यमन्त्री शर्मालाई नै कामचलाउ सरकारको जिम्मेवारी दिएका छन्।
 


झन्डै एक दर्जन उपसचिवहरुको सरुवा(सूचीसहित)

झन्डै एक दर्जन उपसचिवहरुको सरुवा(सूचीसहित)


काठमाडौं, २१ चैत ।  गृह मन्त्रालयले झन्डै एक दर्जन उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवार निर्णयानुसार ९ जना उपसचिवहरूको सरुवा गरेको हो । विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

को कहाँ पुगे ?


 


गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


काठमाडौं, २१ चैत । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाएका हुन् । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि उनले त्यसो नगरी पदबाट राजीनामा दिएका हुन् । विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताए ।

कूल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।


संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 


काठमाडौं, २१ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । 

प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सभवित कार्यसूची छ । 

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । 


 सरकारद्वारा सचिवहरूको व्यापक हेरफेर

 सरकारद्वारा सचिवहरूको व्यापक हेरफेर


काठमाडौं,१९ चैत ।  सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र मन्त्रालयका सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरे पनि सोमबार सम्बन्धित सचिवहरूलाई पत्र दिइएको छ ।

सरकारले ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ ।

उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।