17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

फागुनभित्रै विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी


काठमाडौं, २६ फागुन । नयाँ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले फागुन महिनाभित्रै विश्वासको मत लिने तयारी थालेका छन् ।

शनिबार सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा उनले विश्वासको मत लिनेबारे जानकारी दिए । फागुन ३० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनसक्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसलाई छाडेर प्रचण्ड नेकपा एमालेसँग नजिकिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेका थिए ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् भने जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तयारीमा छ ।


राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय


काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिवार बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

त्यस्तै कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोगका लागि छलफल गर्ने भएको छ । उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसको तयारी छ ।
 


एमालेले वैशाख ८ र ९ गते बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक 

एमालेले वैशाख ८ र ९ गते बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक 


काठमाडौं, २५ फागुन । नेकपा (एमाले) ले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।

एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्। एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।
 


नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमले पाएनन् वैधानिकता

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमले पाएनन् वैधानिकता


काठमाडौं, २४ फागुन । पार्टीको महाधिवेशनबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष निर्वाचित भएका रेशम चौधरीले वैधानिकता नपाउने भएका छन् । उनलाई निर्वाचन आयोगले पार्टीको अध्यक्षमा वैधानिकता नदिएको हो । यससँगै पार्टी अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी नै कायम हुने भएकी छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पार्टी अध्यक्षमा निर्वाचित रेशमको अध्यावधिक गर्न नमिलेको हो ।  वैधानिकता दिन किन मिलेन ? भन्ने सन्दर्भमा आयोगले भनेको छ, “राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टी नामक राजनीतिक दलको साविकको विवरण नै कायम रहेकाले ऐ. नियमावलीको नियम २५ को उपनियम (६) बमोजिम सोको जानकारी सम्बन्धित दललाई गराउने ।”

अयोग्य व्यक्तिलाई योग्य व्यक्तिसरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरेको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको भन्दै उन्मुक्तिलाई प्रतिकूल कार्य नगर्नसमेत आयोगले सचेत गराएको छ ।


प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेस संसदीय दलको निष्कर्ष

प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेस संसदीय दलको निष्कर्ष


काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति कांग्रेस प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको निष्कर्ष निकालेको हो ।
त्यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय पनि गरिएको छ । गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।
 


मिलिसकेका वैचारिक मुद्दामा आशंका उत्पन्न भएपछि गठबन्धन फेरियाे : प्रचण्ड

मिलिसकेका वैचारिक मुद्दामा आशंका उत्पन्न भएपछि गठबन्धन फेरियाे : प्रचण्ड


काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैचारिक विषयमा आशंका उत्पन्न भएपछि कांग्रेससँगको सहकार्य तोड्न बाध्य हुनु परेको बताएका छन् । 

प्रतिनिधिसभामा सांसदहरूले उठाएका सवालको जवाफ दिन उभिएका प्रधानमन्त्रीले कांग्रेससमेत रहेको अघिल्लो गठबन्धन टुट्नुमा विभिन्न कारण रहेको बताए । 
प्रधानमन्त्रीले कांग्रेस महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासमिति बैठकमा स्टल राखेरै हिन्दू राज्य घोषणाको पक्षमा चलाइएको अभियानलाई गम्भीरतापूर्वक लिएको बताए । 

उनले महासमिति बैठकमा सन्दर्भ नै नरहेको आगामी चुनावी गठबन्धनको विषयमा प्रस्तुत प्रस्तावमाथि पनि प्रधानमन्त्रीले चित्त दुखाए । 


नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ


काठमाडौं,२३ फागुन ।  नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार मन्त्रिपरिषद विस्तार गरेका थिए । बुधबार नियुक्त हुने मन्त्रीहरुमा एमालेका ८, माओवादीका ५, रास्वपामा ४ र नेकपा एसका २ जना छन् । यसअघि सोमबार एमाले, माओवादी र रास्वपाका एक-एक मन्त्रीले शपथ लिएका थिए ।


एमालेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन् । उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन् ।

नवनियुक्त मन्त्रीहरूः  

नेकपा एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी मन्त्री

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा माओवादी केन्द्र

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थ मन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्री

२. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

४. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

नेकपा एकीकृत समाजवादी

१. भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

२. धनबहादुर बुढा, सहरी विकास मन्त्री 


को-को बन्दैछन मन्त्री, नारायणकाजी दोहोरिने

को-को बन्दैछन मन्त्री, नारायणकाजी दोहोरिने


काठमाडौं, २३ फागुन । प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन् । जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भौतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन् भने नेकपा माओवादी केन्द्रवाट नारायणकाजी श्रेष्ठ दोहोरिन पुगेका छन । परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै बर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी लिने बुझिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीको जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयको जिम्मेवारीमा डीपी अर्याल, युवा तथा खेलकुदको जिम्मेवारीमा विराजभक्त श्रेष्ठ जाने भएका छन्  । 


माधव नेपाल भेट्न देउवा कोटेश्वरमा

माधव नेपाल भेट्न देउवा कोटेश्वरमा


काठमाडौं, २३ फागुन ।  कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन्। 

नयाँ सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा एकीकृत समाजवादी दोधारमा रहेका बेला यसका अध्यक्ष नेपाल भेट्न देउवा कोटेश्वरस्थित नेपालकै निवासमा पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (फागुन २१ गते) मात्र कांग्रेससहितको गठबन्धन भत्काउँदै एमाले-रास्वपासहितको नयाँ गठबन्धन बनाएका छन्।  
 


सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय


काठमाडौं, २२ फागुन ।  नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ ।

बैठकको निर्णय सुनाउँदै उपसभापति धनराज गुरुङले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं, हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौं । अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौं ।’