17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला


काठमाडौं, २७ वैशाख ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन्  ।  उनी बिहान साढे ६ बजे कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको र प्रारम्भिक अनुसन्धानले आत्महत्या देखिने जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए 

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालगञ्जकी सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनी प्रशिक्षकको घरमा बसेर १९ औं एसियाली खेलकुदको तयारी गरिरहेकी थिइन् ।


जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी

जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल विजयी


काठमाडौं, २६ वैशाख।  घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्धको अन्तिम तथा तेस्रो अभ्यास खेलमा जित निकालेको छ।  सोमबार सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।  जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। योसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेल २–१ ले जितेको छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।

 


नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक


काठमाडौं, २४ वैशाख ।  नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक भएको  छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ भने लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । खेल गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने छ । 


जिम्बावे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित

जिम्बावे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित


काठमाडौं, २३ वैशाख ।   जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउबाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । यस्तै सेफास जुवायो ३२ रन, राए काईयाले १४ रन, ब्राड ईभान्सले १७ रन जोडे ।  बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए ।


टी-ट्वान्टी: जिम्बावेमाथि नेपालको शानदार जित

टी-ट्वान्टी: जिम्बावेमाथि नेपालको शानदार जित


काठमाडौं, २१ वैशाख ।  पाहुना टोली जिम्बावे 'ए' विरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा नेपालले जित निकालेको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपालले जिम्बावेलाई ८ विकेटले हराएको हो ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो टी-ट्वान्टी भने वर्षाले रद्द भएको थियो । नेपालको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ । 

जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आसिफ शेखले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा बसिर अहमेदले १० रन जोडे ।

जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।


पीएनजीलाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

पीएनजीलाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज



काठमाडौं, २१ चैत । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले हात पारेको छ ।  नेपालले पीएनजी लाई ५१ रनले हराएको हो ।  कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान नेपालले दिएको १६८ रन पछ्याएको पीएनजी १६.२ ओभरमा ११७ रनमा अलआउट भयो ।


नेपालद्वारा मलेसिया ८५ रनले पराजित

नेपालद्वारा मलेसिया ८५ रनले पराजित


काठमाडौं, १९ चैत । नेपाल त्रिकोणात्मक टी २० आई सिरिजको फाइनमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गर्दै घरेलु टोली नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।  अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ।


त्रिकोणात्मक टी-२० श्रृंखलामा  नेपाल फाइनलमा प्रवेश

त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाल फाइनलमा प्रवेश


काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी २० श्रृंखलाको आजको खेलमा पनि नेपालले सानदार जित निकालेको छ ।  बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ३७ रनले हराएको हो । 

२०४ रनको लक्ष्य पछ्याएको पीएनजी १९.४ ओभरमा १६६ रनमा अलआउट भयो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ६२ रन बनाए । यस्तै टोनी उराले ४३ र सेस बाउले २५ रन जोडे ।

नेपालका लागि करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट र कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।  यो खेल जिते सङ्गै नेपाल एक खेल अगावै श्रृंखलाको फाइनलमा पुगेको छ  । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।


त्रिकोणात्मक टी–२० श्रृंखलाः नेपालको दोस्रो जित

त्रिकोणात्मक टी–२० श्रृंखलाः नेपालको दोस्रो जित


काठमाडौं, १६ चैत । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपालले सानदार जित निकालेको छ ।  टीयू अन्तर्राष्ट्रिय मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५७ रन बनाए  भने रोहित पौडेलले १२, दीपेन्द्र सिंह ऐरीले २१ रन जोडे । यस्तै  दिलिप नाथले १५ र कुशल मल्लले  २ रनमा अविजित रहे ।

बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले समान १–१ विकेट लिए । नेपालले तेस्रो खेल बिहीबार पपुवा न्यूगिनीसँग खेल्नेछ ।


मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी


काठमाडौं, १५ माघ। पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न खेलमा नेपालले १–० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो। नेपालका लागि एक मात्रै गोल विमल घर्तीमगरले गरेका हुन्।

नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । एक वर्षपछि टोलीमा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् । विजयी गोल गरेका विमलले ‘म्यान अफ दि म्याच’ अवार्ड पाएका छन्।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले अब मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मङ्गलबार खेल्नेछ ।