17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा



काठमाडौं, १० साउन ।  नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।
अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङको कारणले राजीनामा दिन लागेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘प्रिय नेपाली समर्थकहरू‘ म वरिष्ठ उपाध्यक्षले पछिल्लो तीन हप्तादेखि गरिरहेको नाटकका कारण राजीनामा दिन गइरहेको छु’ उनले फेसबुकमा खेलेका छन्, ‘अब तपाईँ खुसी हुनु भयो होला नि पंकजविक्रम नेम्वाङ ?’ उनले भनेका छन् । 

 


सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने



काठमाडौं, ६ साउन । सन् २०३२ को ओलम्पिक तथा प्यारालेम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को बुधबार टोक्योमा बसेको बैठकले ओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो। 

आईओसीको केन्द्रीय कमिटीले सन् २०३२ को ओलम्पिक ब्रिसबेनमा गर्ने प्रस्तावलाई स्वीकार गरेको हो। 

ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक गर्नका लािग २४ अगष्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ। 

ओलम्पिक ३७ सहरमा गर्ने प्रस्ताव गरिएको छ। 


एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित ३ पदाधिकारीको राजीनामा

एन्फा एकेडेमी व्यवस्थापन समितिका संयोजकसहित ३ पदाधिकारीको राजीनामा



काठमाडौं, ५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमी व्यवस्थापन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।  समितिका संयोजकसहित ३ पदाधिकारीले मंगलबार राजीनामा दिएका हुन्।  

तीन सदस्यीय समितिमा दिनेश व्यञ्जनकार, सहायक महासचिव अरुणमान जोशी, सहकोषाध्यक्ष राजेन्द्र न्यौपानेले आज एन्फा महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा पत्र बुझाएका छन्।


युरो कपमा इटली र डेनमार्क क्वार्टर फाइनलमा

युरो कपमा इटली र डेनमार्क क्वार्टर फाइनलमा



काठमाडौं, १३ असार । युरो कप फुटबलमा इटली र डेनमार्क क्वार्टर फाइनलमा पुगेको छ । इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इटली अन्तिम आठमा पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटलीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक÷एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

यो जितसँगै इटलीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। 
यस्तै १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको छ । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एकरएक गोल गरे ।

डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।


कोरोनाका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित

कोरोनाका कारण आईपीएल अनिश्चितकालका लागि स्थगित



काठमाडौं, २१ वैशाख । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो ।

बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो । त्यसअघि कोलकता नाइट राइडर्सका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षकसहित ३ जनालाई संक्रमण देखिएको थियो ।

बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ ।

बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ । 


त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई  

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई  


काठमाडौं, ११ वैशाख ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।     
     
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।     
    


 त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट, नेपालद्वारा मलेसिया पराजित    

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट, नेपालद्वारा मलेसिया पराजित    


काठमाडौं, ९ वैशाख । नेपालले मलेसियालाई पराजित गर्दै त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरी शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । नेपालले दिएको २१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मलेसियाले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।     
     
 मलेसियाका अमिनुद्दीन राम्लीले १८ बलमा ५ छक्का र १ चौकासहित सर्वाधिक ४१ रनको योगदान दिए । त्यस्तै कप्तान अहमद फाइजले ३१, विरनदीपसिंहले १३, फ्टिी सामले १४ तथा मोहम्मद वाफिकले १२ रन बनाए ।     
     
 बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन ÷तीन विकेट लिए भने सुसन भारीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।     
     
 नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए । आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल भुर्तेलले १६ तथा विनोद भण्डारीले ८ रन जोडे ।     
     
 बलिङतर्फ मलेसियाका फ्रिटी साम, अनवार रहमान र सैद अजिजले २–२ विकेट लिए । नेपालले ४ खेलमा ३ जीत र १ मा हारसहित ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९–९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सँग दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।     
     
 त्यसैगरी नेदरल्यान्ड्स ४ खेलमा २ मा जीत, १ मा हार र १ मा बराबरीका साथ ५ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ४ खेलमा ३ हार र १ मा बराबरीका साथ १ अङ्क जोड्दै पुछारमा रह्यो । अब नेपाल र नेदरल्यान्ड्सवीचको फाइनल खेल शनिबार हुनेछ ।     
–––   
 


त्रिदेशीय टी–२० क्रिकेट: मलेसियामाथि नेपालको सानदार जित

त्रिदेशीय टी–२० क्रिकेट: मलेसियामाथि नेपालको सानदार जित



काठमाडौं, ६ बैशाख । त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगितामा  नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनको अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनको साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो ।  मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया आइतवार नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ ।

नेपालले मङ्गलवार नेदरल्याण्ड्सँग खेल्नेछ ।  


त्रिदेशीय टी–ट्वान्टीमा नेपालको शानदार जित

त्रिदेशीय टी–ट्वान्टीमा नेपालको शानदार जित



काठमाडौं, ४ चैत । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए ।

यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे । आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे ।  यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए । 


उत्तर कोरियाले टोकियो ओलम्पिकमा खेलाडी नपठाउने  

उत्तर कोरियाले टोकियो ओलम्पिकमा खेलाडी नपठाउने  


एजेन्सी । उत्तर कोरियाले जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने भएको छ । उत्तर कोरियाली खेलकुद मन्त्रालयले कोरोनाभाइरस महामारीका कारण उत्तर कोरियाली खेलाडीहरु टोकियो ओलम्पिकमा सहभागी नहुने जनाएको छ ।     
यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले गृष्मकालीन खेलमा उत्तरको प्रतिनिधित्व गरेका थिए । त्यसबखत दक्षिण कोरियाली राष्ट्रपति मून जाए¬–इनले किम यो जोङसँग निकै सकारात्मक वार्ता गर्नु भएको थियो जसका कारण नेता किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष भेटवार्ताहरु भएका थिए ।   तर प्योङयाङको घोषणाले दक्षिण कोरियाको पुनः वार्ता प्रक्रिया शुरु गराउने एउटा योजनामा धक्का लागेको छ । टोकियो ओलम्पिक आगामी जुलाईमा हुँदैछ ।