18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

     पाँच सय तालिबानी जेलमुक्त    




     पाँच सय तालिबानी जेलमुक्त    


एजेन्सी । अफगानका राष्ट्रपति अस्रफ घानीले पाँच सय तालिबानीलाई जेलमुक्त गर्न आदेश दिएका छन्। ईदका अवसरमा तीन दिने नयाँ युद्धबिराम शुरु भएसँगै राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । 
     
संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका राष्ट्रपति घानीले बताए । 
ईदका अवसरमा दिनुभएको मन्तव्यमा राष्ट्रपति घानीले भने, “सदभाव प्रस्तुत गर्न र शान्ति वार्तालाई गति दिन हामी बाँकी ५०० तालिबानी लडाकूलाई ईदका अवसरमा रिहा गर्दैछौं ।”     
     
अफगान सरकारले यसअघि नै चार हजार ६०० जना बन्दीलाई रिहाई गरिसकेको छ । तर ४०० जना निकै खतरनाक ठानिएका लडाकूहरुलाई मुक्त गर्न काबुल सरकार हिच्किचाइरहेको छ । तालिबान समूहले भने पछिल्लो पटक रिहाई हुन लागेका लडाकूहरु पहिलो सूचीमा नाम नभएका व्यक्ति रहेको बताएको छ ।     
     
राष्ट्रपति घानीले गम्भीर अपराधको दोष लागेका ४०० तालिबानी लडाकूलाई रिहाईको निर्णय गर्ने अधिकार आफूसँग पनि नरहेको बताए । 
 



Related News


यसमा तपाइको मत


Comments