21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, २१ साउन । आज देशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ।
यस्तै राति पनि देशका अधिकांश क्षेत्रमा सामान्य वदली रही थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
वर्षा हुने स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) सतर्कता अपनाउन महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्लाई हुन अनुरोध गरेको छ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा मंगलबार रातिदेखि मनसुन पुनः केही सक्रिय बनेको हो। मंगलबार राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म र एक दुई ठाउँमा भारी वर्षासमेत भएको थियो ।
हेर्नुहोस् मौसम पूर्वानुमान
मौसम विश्लेषण (Meteorological Analysis):-
मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।
हालको मौसमको अवस्था (Present Weather Status):
देशभर आंशिक देखि सामान्य बदली रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन २१ गते (बुधबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन २२ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही थेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १,बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
साउन २३ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षा समेत हुनसक्ने देखिएकोले उक्त स्थानहरुमा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।