26 Baishak, 2081 / 8 May , 2024
काठमाडौं, २४ साउन । भारतको केरलमा शुक्रबार भएको विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। चार जना भने सुरक्षित रहेको एयर इन्डिया एक्सप्रेसले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
विज्ञप्तिअनुसार एयर इन्डिया एक्सप्रेसको विमान दुबईबाट आइरहेको थियो। विमानमा चालक दलका सदस्यसमेत १९० जना थिए। यात्रुमध्ये १० बच्चा पनि थिए।
नागरिक उडड्यनमन्त्री हरदीप सिंह पुरीले ट्विट गरेर दुर्घटनाका लागि दुईवटा समिति गठन गरिएको जानकारी दिएका छन्।
मलपुरमका आईजीपी अशोक यादवले बीबीसीसँग भनेका छन्, ‘करिब १६० घाइतेलाई फरक-फरक अस्पतालमा भर्ना गरिएको छ, यसमध्ये २०–२५ यात्रु गम्भीर अवस्थामा छन्।’
उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको हो । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
तस्बिर: एएनआईबाट